राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीन दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ ।
बुधबा राति भएको खेलमा आर्सनलले बेल्जियमको क्लब ब्रुगलाई ३–० गोलले हरायो । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस टोली रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न सक्रिय भएका छन् ।
सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
म्याग्दीको बेनीमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बिहिबार देखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो ।
कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनुभएको छ ।
अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।
बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ ।