नेपाल आउँदा खुसी छु : बुफोन
इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ ।
गाउँपालिका कार्यालयमा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ। वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो।
विपन्न सेवाग्राहीलाई सुलभ ढङ्गले सेवा प्रवाह गर्न हामी प्रतिबद्ध छाैं : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रका भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ।
हुम्लामा 'एचपिभी' खोप अभियान सुरु
स्वास्थ्य सेवा कार्यालयले निर्धारित खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयंसेवक पुगेपछि आइतबारबाट खोप लगाउन सुरु भएको हो ।
मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु
एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ।
सात वर्षमा पनि बन्न सकेन सडक र नाला
सप्तरीको राजविराज नगरपालिकाभित्र विभिन्न सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएन ।
नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।
फालेलुङमा बन्यो पाँच शय्याको अस्पताल
फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याकाे आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ ।
हङकङ फ्लु : ‘लहरे खोकीले निम्त्याउँछ निमोनिया’
पछिल्लो सयम लामो सयमसम्म खोकी लाग्ने समस्या बढ्र्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयसम्म रुघाखोकीका लागेका बिरामी आउने संख्या बढ्र्दै गएको छ ।
दल फुटाउने योजना हल्लामात्रै : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ ।
मुख्यमन्त्री आउँदा अवैध अस्पताल सञ्चालक फरार
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।
धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला
कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् ।
माघ कसको नयाँ वर्ष ?
थारू समुदायको सबैभन्दा ठुलो पर्व माघ (माघी) हो । य
‘औषधी छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधी छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो ।
छिमेकीबाटै बालिका बलात्कृत
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् ।
सहकारीका अध्यक्षसहित पच्चिस जनाविरुद्ध बिगो दाबी
कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोकासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपियाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाएको छ ।
चट्याङ लागेर मनहरीमा तीन जना घाइते
मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ लागेर मङगल मुक्तानसहित तीन जना घाइते भएका छन् । घर बाहिर बसिरहेको अवस्थामा एक्कासि चट्याङ लाग्दा मङ्गल मुक्तानसहित तीन जना घाइते हुनुभएको हो ।
सेताम्य बन्यो पोरखेगढी
बाजुराको पोरखेगढी फेरि सेताम्य बनेको छ । गत बिहीवार राति अविरल वर्षातसँग परेको हिउँले पोरखेगढी फेरि सेताम्य बनेको हो ।
लेनदेन विवाद : गोली प्रहार गरी युवकको हत्या
लेनदेन विवादमा बैतडीमा गोली प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । छिमेकी दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते हुनुभएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको भएको हो ।
स्वस्थ हाँसोका शारीरिक फाइदा
चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ ।
घरभित्रै गाडिएको अवस्थामा शव भेटियो
धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो २० वर्षीया अञ्जली यादवको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणकुमार सिंहले पुष्टि गर्नुभएको छ।
पद यात्रामा सावधान रहन प्रहरीको अनुरोध
सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
जातीय पहिचानका लागि माझी समुदायको प्रदर्शन
धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन्। शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन्।