सदनमा उठेका विषय कार्यान्वयन गर्न सांसदको माग
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले मुलुकमा महँगी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनर्निर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘माइक्रो रेल प्रविधिमा आधारित पोड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सांसदको गुनासो- सुनभन्दा महँगो भयो नुन
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।