सेनाद्वारा मानव अस्थिपञ्जरसहित फोहोर सङ्कलन
नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान–२०२२ अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथालगायत पूर्वी नेपालका विभिन्न हिमालमा वर्षौंदेखि छरिएर रहेको फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरेको छ ।
त्रियुगाको ६० प्रतिशत मतगणना हुँदा काङ्ग्रेसकोे अग्रता
उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मतगणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार त्रियुगा नगरमा खसेको कुल मत ४० हजार १७९ मत मध्ये गणना भएको २३ हजार ९७५ मतमा काङ्ग्रसको प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले आठ हजार २०० मत पाएका छन् ।
दोस्रो पटक मात्र जनताले पत्याए तर चुनौति थपियो : प्रमुख राई
धरान उपमहानगरपालिका प्रमुखको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बन्नुभएका हर्क राज राई (हर्क साम्पाङ) ४२२ मत प्राप्त गर्नुभई पराजित हुनुभएको थियो । तर बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँलाई धरानका जनताले पत्याए, अनी भारी मतान्तरले धरानको प्रमुखमा विजयी हुनु भयो ।
हात्तीका कारण स्थानीय त्रसित
झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसितभएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो ।
कञ्चनजङ्घाबाट १५ हजार किलो फोहोर सङ्कलन
ताप्लेजुङ, जेठ १४ गते । नेपाली सेनाले सफा हिमाल अभियानअन्र्तगत विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रबाट १५ हजार किलो फोहोर सङ्कलन गरेको छ । बैशाख २४ गतेदेखि सफाई अभियान सञ्चलान गरेर उक्त परिमाणमा फोहोरमैला वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाइएको छ । सङ्कलित फोहोरमध्ये सड्ने र कुहिने खालको तीन हजार १७ किलोग्राम फोहोरवस्तु व्यवस्थापनका लागि फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूसमेतको उपस्थितिमा सफा हिमाल अभियान टोलीले फोहोर हस्तान्तरण गरेको छ । टोलीका संयोजक एवम् नेपाली सेनाका सेनानी समीरबहादुर बस्नेतका अनुसार स्थानीय स्तरमा व्यवस्थापन गर्न नमिल्ने अर्थात नसड्ने र नकुहिने खालका १२ हजार ३५६ किलोग्राम फोहोर भने काठमाडौं पठाइएको छ । यस्तै फोहोर सङ्कलनका क्रममा कञ्चनजङ्घा क्षेत्रबाट दुईवटा मानव कङ्काल पनि फेला परेको सेनानी बस्नेतले जानकारी दिनुभयो । उक्त मानव कङ्काल भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई बुझाइने जनाएको छ । नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत कञ्चनजङ्घासहित चारवटा हिमालबाट ३० हजार ३४४ किलोग्राम फोहोर सङ्कलन गरेको जनाइएको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, र मनास्लु हिमालबाट उक्त परिमाणमा फोहोर सङ्कलन गरेको हो ।
इच्छुकको स्मृति दिवसको अवसरमा अक्षयकोष घोषणा
प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा दुई लाख रुपियाँको अक्षयकोष घोषणा गरेको छ । शुक्रबार इच्छुकको २० औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल जिल्ला शाखाले अक्षयकोषको घोषणा गरेको हो ।
जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीय त्रसित
झापाको मेचीनगर क्षेत्रमा केहिदिन यता लगातर हात्तीको हुल पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको हुल आउन थालेपछि स्थानीय त्रसित हुनु परेको हो ।
शिवसताक्षी नगरपालिकामा दमकल किन्ने निर्णय
झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षहरु सहित वडाध्यक्षहरुले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मतपरिणाम एकैसाथ नआएकाले जिल्लामा दूई चरणमा प्रमुख तथा अध्यक्षहरुले शपथग्रहण गरेर आफ्नो कार्यभार सम्हाल्न भएको हो ।
दुईदिने बिदाका कारण अस्पतालमा बिरामीको चाप
साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनको असर सरकारी अस्पतालमा परेको छ । शनिबार र आइतबार भएको सार्वजनिक बिदापछि सोमबार खुलेको कोसी अस्पताल विराटनगरमा बिहानैदेखि बिरामीको भीड लाग्दा उपचार र व्यवस्थापन लथालिङ्ग हुन पुगेको छ ।