निद्रामै हुने रहस्यमय मृत्यु
सन् १९८४ मा वेस क्रेभनले सबैभन्दा डरलाग्दो चलचित्र ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ विश्वसामु पस्किए। किशोरलाई उनीहरू निदाएका बेला हत्या गर्ने नरपिशाचको चरित्रमा फ्रेडी क्रुएगरको नृशंश, भयानक छवि सर्वत्र चर्चाको विषय बन्यो। ‘एलए टाइम्स’ प्रकाशित एउटा लेखको विषयवस्तुबाट प्रभावित भएर क्राभेनलाई ऐतिहासिक भुताहा चलचित्र बनाउने प्रेरणा मिलेको थियो। कम्बोडियाली नरसंहारबाट बचेका एक शरणार्थी बालकको कथामा आधारित रहेर उनले चलचित्र बनाएका थिए। ती बालकमा कस्तो डर बसेको थियो भने, “सुतेका बेला आफूमाथि आक्रमण हुने छ र आफूले भोलिको बिहानी देख्न पाउने छैन।”
अन्तरिक्षमा पुगेको चिम्पान्जी !
अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो। अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐति
ढुङ्गाको सेरोफेरोमा मानव सभ्यता
सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।
जहाज पानीमा तैरिन्छ तर सानो किला डुब्छ किन ?
जहाजले विस्थापित गर्ने पानीको तौल र जहाजको आफ्नो तौल बराबर हुने भएकाले जहाज पानीमा डुब्दैन तर एउटा सानो किलाले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन त्यसैले डुब्छ ।
पत्ता लाग्यो बुढ्यौली रोक्ने रसायन
आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने औषधी बनाइने छ। युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन्। ती अणुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ, जुन औषधीले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग
गाईजात्रे कार्टुनका ती दिन
कार्टुन मन नपराउने को पो होला र ? तर समय सन्दर्भले कार्टुन बुझाउने मानक भने परिवर्तन हुँदै आएको छ। हिजो बाबुको समयमा कार्टुन पत्रपत्रिकामा छापिने व्यङ्ग्यात्मक चित्र थियो भने आजका युवा र बालबालिका कार्टुन भन्नासाथ टेलिभिजनको पर्दामा देखिने एनिमेटेड रेखाचित्रलाई बुझ्दछन् । अझ प्रहसनको समयलाई नियाल्न नपाएकाहरू मुख बङ्ग्याएर टेलिभिजन, युट्युब वा अन्य सामाजिक सञ्जालमा देखिने पात्रलाई समेत कार्टुन वा कार्टुनिस्टका रूपमा बुझ्न पुग्छन् । यहाँ कार्टुनको व्याख्याभन्दा पनि कार्टुन अर्थात् व्यङ्ग्यचित्र र यसको गाईजात्रासँगको सम्बन्धका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
रेकर्ड नरहने इनकग्निटो मोड
हामीले मोबाइल तथा कम्प्युटर उपकरणमा गुगल क्रोम, इन्टरनेट एक्सप्लोरर, मोजिला फायरफक्सलगायतका वेब ब्राउजरको सहायताले वेबसाइट खोल्ने गर्छाैं। ब्राउजरको सहायताले वेबसाइट खोल्ने वा कुनै कुरा खोज्ने प्रक्रिया वेब ब्राउजिङ हो। तपाईंले नियमित रूपमा इन्टरनेट चलाउनुहुन्छ भने वेब ब्राउजिङ गर्ने सामान्यतया दुई वटा तरिका हुन्छन्। पहिलो तरिका भनेको सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउने र अर्को भनेको ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने।
विनाशकारी लिमनिक इरप्सन
‘लिमनिक इरप्सन’ अर्थात् तालमा हुने ठूलो उथलपुथलले विश्वमा केही विनाशकारी घटना भएका छन्। तालको गहिराइमा पानीमा घुलेर रहेको कार्बन डाइअक्साइड ग्यास अचानक उत्सर्जन हुँदा आकाशमा ग्यासको बादल सिर्जना भएर प्राणी जगत् निसासिने वातावरण बन्दछ। कार्बन डाइअक्साइड ग्यासको बादलले जङ्गली जीवजन्तु, गाईबस्तु र मानिसको जीवन नै सङ्कटमा पर्दछ। अहिलेसम्म ज्ञात भए अनुसार विश्वका तीन तालमा यस प्रकारको घटना भएको छ। सन् १९८६ अगस्ट २१ मा क्यामरुनको उत्तरपश्चिममा रहेको न्योस तालमा ‘लिमनिक इरप्सन’ भएको थियो। सो घटनामा जोगिएका एक भाग्यशाली व्यक्तिको भनाइ अनुसार राति ९: ३० बजे अचम्मको विस्फोटको आवाज आयो, त्यसलगत्तै मानिस र पशुहरू जमिनमा छट्पटाउ
हात्तीको दाम
बेला बेलामा खास गरी पूर्वी नेपालमा जङ्गली हात्तीले मानिसलाई दुःख दिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । कुनै समय थियो, तराईका कतिपय धनाढ्य जमिनदार आफ्नो घरमा हात्ती पाल्थे । त्यो बेला हात्तीलाई राजकीय शानका रूपमा पनि लिने गरिन्थ्यो । हात्तीमा सवार हुने राजाहरू गजपति कहलाउँथे तर आजभोलि घरपालुवा हात्ती केवल निकुञ्ज तथा चिडियाखानामा पर्यटकीय प्रदर्शनीका रूपमा देख्न पाइन्छ । नेपाली इतिहासमा दन्त्यकथाको नायक जस्ता लाग्ने