युरोपका ४४ देशमा प्रदर्शन हुँदै फिल्म 'प्रेमगञ्ज'
काठमाडौं, साउन ८ गते । फिल्म 'प्रेमगञ्ज' युरोपका ४४ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज सार्वजनिक रुपमै विदेशी फिल्मसरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको हो । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिहासमै पहिलोपटक हो । फिल्म प्रेमगञ्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोपमा प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । “अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ", निर्देशक परिच्छेद सेनले भन्नुभयो, “फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ रु भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छ । तर, एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहनुभएको छ ।" फिल्ममा बेनिशा हमाल, तेज गिरीसँगै सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
फिल्म 'राधा'को ट्रेलर सार्वजनिक
काठमाडौं, साउन ८ गते । फिल्म 'राधा'को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र सामाजिक मूल्यलाई तोड्न महिललो गरेको विद्रोहलाई देखाइएको छ । गुमनाम भएका पतिको पर्खाइमा एकल महिलाको रुपमा सृष्टिलाई देख्न सकिन्छ । दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ समेत ट्रेलरमा देखिनुभएको छ । सौगात मल्ल, देवकी विष्ट र हीराल जोशीको निर्माण रहेको फिल्म भदौ १० गते प्रदर्शन हुँदैछ । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्नुभएको हाे ।
अस्ट्रेलियामा नेपाली कलाकारको धमाका
केबीसी अस्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख सहरमा आयोजना हुन लागेको धमाका २०७९ अस्ट्रेलिया टुर सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् ।
भव्य सेट उत्कृष्ट छायाङ्कन शमशेरा
झन्डै चार वर्षको लामो अन्तरालपछि रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’ प्रदर्शनमा आएको छ। शमशेरा कोरोनापछि सबैभन्दा धेरै सिनेमाघरहरूमा प्रदर्शनमा आएको चलचित्र हो। चलचित्र सन् २०१९ को डिसेम्बरमा प्रदर्शन हुने तयारीमा थियो तर कोरोनाका कारण करिब साढे दुई वर्ष चलचित्रको प्रदर्शनमा ढिलाइ भयो। चलचित्रको कथा खमेरान र काजा नामक जातका मानिसमा आधारित छ, जसभित्र दर्शकहरूले आमा–छोरा र श्रीमान्–श्रीमतीबीचको प्रेम र उनीहरूले आफ्नो जातका मानिसका लागि गरेको लडाइँ पाउँछन्।
समलिङ्गी प्रेम कथा 'मीरा'
काठमाडौं, साउन ७ गते । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक भएको छ । 'आश्वी फिल्म्स'को युट्युब च्यानलबाट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेमलाई देखाइएको छ । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।विजेश पौडेलको सम्पादन तथा कलर रहेको फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलको छ ।फिल्ममा अनितासँगै अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकको अभिनय देख्न सकिन्छ ।
‘शमशेरा’ नेपाली सिनेमाघरमा
अभिनेता रणवीर कपुरको चलचित्र ‘शमशेरा’ नेपाली सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ । काजाको काल्पनिक सहरमा, एक योद्धा जनजातिलाई निर्दयी अधिनायकवादी सुध सिंहलाई कैद गर्नुका साथै दास बनाएर यातनासमेत दिइन्छ । शमशेरा आफ्नो जनजातिका लागि एक पौराणिक कथा हो जसले आफ्नो जनजातिको स्वतन्त्रता र मर्यादाका लागि निरन्तर लड्छ र आखिरमा न्याय पाउँछ ।
अस्ट्रेलियामा नेपाली सिनेमा
कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ ।
तीन वर्षदेखि बन्द सन्तोष चलचित्र हल पुनः सञ्चालनमा आउने
कोरोना महामारीका कारण तीन वर्षयता बन्द भएको चलचित्र हल पुनः सञ्चालनमा आउने भएको छ । सदरमुकाम तानसेनको पुरानो सिनेमा हलको स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याइने तयारी भएको हो ।
गायक ज्वाला राईको 'मायाजाल'
काठमाडौं, साउन ६ गते । 'द भ्वाइस अफ नेपाल सिजन-३' को टप चार प्रतिस्पर्धी गायक ज्वाला राईको नयाँ सांगीतिक सौगात 'मायाजाल' सार्वजनिक भएको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा तयार भएको भिडियो गायक राईको युट्युब च्यानल 'ज्वाला राई'मार्फत सार्वजनिक गरिएको हो । प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द र बिक्रम राईको सङ्गीत छ । देबेश राईको सङ्गीत संयोजनमा बनेको गीतमा लुटपाटको घटनालाई आधार बनाइएको छ । भिडियोमा मानषी तामाङ र गायक राईबीचको प्रेम र रोमान्ससमेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डिओपी र विशाल थापाको छायाङ्कन छ । यसअघि गायक राईको स्वरमा 'शीतल शितल', 'दौरा भन्दा खल्ती लामो', 'तिमी फूल' लगायत म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।
तीज गीत ‘ओए मेरी रानी’
लोकदोहोरी गायिका प्रीति आले र गायक टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानले सङ्गीत दिनुभएको छ ।
जसलाई गितारले गायनमा फर्कायो
चर्चित गजल गायक भूपिन्दर सिंहको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । उनलाई पेटको समस्या थियो । उनको अन्तिम संस्कार मङ्गलबार राति करिब १२ः३० बजे मुम्बईको ओसिवारा घाटमा भएको थियो ।
हिट : द फस्र्ट केस
चलचित्र ‘हिट : द फस्र्ट केस’ २०२० मा प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्रको रिमेक हो। चलचित्रलाई निर्देशक शैलेश कोलानुले रिमेकमा निर्देशन गरेका हुन् । चलचित्रको कथा विक्रम (राजकुमार राव)को वरपर घुमेको छ, जो एउटा प्रहरीको भूमिकामा देखिएको छ । उनको विगतमा एउटा दुर्घटना भएको हुन्छ, जसलाई उनले चाहेर पनि भुल्न सक्दैनन् । उक्त दुर्घटनाको असर उनको काममा समेत पर्न थाल्छ । यससँगै उनलाई आगोसँग डराउने (फायर फोबिया)समेत भएको हुन्छ । कुनै पनि ठाउँमा आगो लागेको देख्नेबित्तिकै उनी तर्सिने र टाढा
'लाइगर'को ट्रलेर सार्वजनिक
काठमाडौं, साउन ५ गते । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म 'लाइगर'को ट्रलेर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म 'डियर कमरेड'बाट चर्चा बटुलेका विजयको यो डेब्यू बलिउड फिल्म हो ।फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देख्न सकिन्छ । दुई मिनेटको ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देखाइएको छ । त्यसैगरी, फिल्ममा रम्या कृष्ण विजय देवरकोन्डाकी आमाको भूमिका देखिएका छन् । फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथले निर्देशन गर्नुभएको यो फिल्म २५ अगस्ट अर्थात् भदौ ९ गते प्रदर्शनमा आउने बताइएको छ ।
'मेरी मायालु' बोलको गीत सार्वजनिक
काठमाडौं, साउन ४ गते । एक्सन मिडियाका सञ्चालक शेर बहादुर डि सि को नयाँ गीत 'मेरी मायालु' सार्वजनिक गरिएको छ । गीत मेरी मायालु गीत वास्तविक प्रेम कथामा आधारित रहेको छ ।लामो समयदेखी कलाकारितामा संघर्ष गरिरहनुभएका उहाँले एकपछी अर्को सफलता हासिल गर्नुभएको छ । गीतका गायक अर्जुन थापा, गाइकामा भिमु गुरुङ, अभिनयमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र उहाँ आफैंले आफ्नो अभिनय प्रस्तुती गर्नुभएको छ । यस्तै, छायांकन र सम्पादनतर्फ सुशिल डागी हुनुहुन्छ भने निर्देशन शेर बहादुर डि सि कै छ ।
'मिस्टर एण्ड मिस थारु २०२२' को आवेदन खुला
काठमाडौं, साउन ४ गते । चौथो संस्करणको 'मिस्टर एण्ड मिस थारु २०२२' को आवेदन खुला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको लागि आवेदन खुला गरिएको जनाएको हो । प्रतियोगितामा सहभागी हुन आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिनुपर्नेछ र खल्ती एपमार्फत पनि आवेदन दिन सकिनेछ । आवेदन शुल्क रु.६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ । मिस्टर एण्ड मिस थारुको आवेदन खुला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलो दिन सुनसरीको झुम्का, पर्साको वीरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए । यस्तै, दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिराहाको लाहान, कैलालीको टीकापुरमा एकैसाथ हुनेछ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एकसाथ हुने बताइएको छ ।
स्वास्थ्य सेवामा तल्लीन सुन्दरी
डा.आयुष्नोभा ढुङ्गाना चिकित्सक हुनुहुन्छ । उहाँ ‘मिस नेपाल २०२२’ मा पनि छनोट हुनुभएको थियो । सामाजिक कार्यमा रुचि राख्ने ढुङ्गाना यतिखेर मिस युनिभर्स नेपालको तयारीमा हुनुहुन्छ । उहाँले आफू चिकित्सक भएको नाताले सर्वसुलभ स्वास्थ्य सेवाका लागि सधैँ लागिपर्ने दृढता व्यक्त गर्न‘भयो । अनुवादको कार्य पनि उहाँले गर्दै आउनुभएको छ । मिस युनिभर्स नेपालको तयारीका बारेमा बहुप्रतिभाशाली ढुङ्गानासँग गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी :
शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’ मा प्रिन्स र बिनाको अभिनय
काठमाडौँ, साउन ३ गते । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार तथा मोडल प्रिन्स लियोको शब्द शृजना रहेको गीतमा नेहर बुढाथोकीको संगीत रहेको छ। पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले बिछोडिएको परिवारको दर्दनाक कथालाई मोडलद्वय प्रिन्स लियो र बिना राउतका माध्यमबाट देखाउन खोजिएको छ।परिवार पाल्नका लागि विदेश हानिएको एउटा युवा पत्नीले गलत निर्णय गरेकै भरमा जागिर छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेकाको कथामा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र मिलन विश्वकर्माले गर्नुभएको हो। भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो। पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माण प्रिन्स लियोले गर्नुभएको हो।
'नेपहपको श्रीपेच'का विजेतालाई नयाँ मुकुट
काठमाडौं, साउन ३ गते । र्याप गायनमा आधारित रियालिटी शो 'नेपहपको श्रीपेच'का विजेतालाई नयाँ मुकुट प्रदान गरिएको छ । मंगलवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो । कार्यक्रमका निर्णायकसमेत रहनुभएका प्रमुख साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गर्नुभएको छ । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको पहिलाे र्याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताउनुभयो । यस्तै, अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।
फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक
काठमाडौं, साउन ३ गते । फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा देख्न सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी लगायत हुनुहुन्छ । अभिनेत्री मास्केले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी महिला चरित्रमा अभिनय गर्नुभएको छ । भदौ १० गते रिलिज हुने फिल्मलाई विकास सुवेदीले लेख्नुभएको हो । फिल्म अस्ट्रेलियामा बसोबास गर्दै आएका महेन्द्र अधिकारीको निर्माणमा बनेको हो ।
चलचित्र विकास बोर्ड नेतृत्वका लागि १० जनाको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । सूचीमा १० जना दाबेदारको नाम सोमबार सार्वजनिक गरिएको हो ।
'एसवाई प्यानल'को टिकटक प्रतियोगिता
काठमाडौं, साउन ३ गते । कोरियन प्रविधिको 'स्यान्ड्विच प्यानल' उत्पादन गर्ने कम्पनी 'एसवाई प्यानल नेपाल'ले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ । पहिलो विजेताले डेढ लाख नगद रुपियाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्तिले एक लाख नगद रुपियाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्तिलाई ७५ हजार प्रदान गरिनेछ भने चौंथो चार जना प्रतिव्यक्तिलाई ४० हजार र पाचौं वा पाँच जनालाई ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिनुभयो ।प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।
‘एनदर वर्ल्ड’ मा सृष्टि र सुरेश
क्यानेडियन गायिका गिथिया बर्मनको ‘एनदर वल्र्ड’ बोलको गीतमा ब्लाइन रक्स्का संस्थापक सृष्टि केसी र सुदेव सुरेशको अभिनय रहेको छ । गायिका बर्मनको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा दृष्टिविहीनहरूलाई प्रेरणादायी परियोज
कोरस डान्सरदेखि भिडियो निर्देशकसम्मको यात्रामा पाण्डे
देवेन्द्र पाण्डे कोरस डान्सर हुँदै भिडियो निर्देशक बनेका एक सफल नाम हो । धादिङ धुनिबेँसी नगरपालिकामा जन्मनुभएका पाण्डे २०५९ सालबाट साइड डान्सरका रूपमा कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । साइड डान्सरपछि सहायक निर्देशक हुँदै उहाँले निर्देशनमा प्रवेश गर्नुभयो ।
मीराको ट्रेलर सार्वजनिक
समलिङ्गी प्रेम कथामा आधारित चलचित्र ‘मीरा’को ट्रेलर सार्वजनिक भएको छ । अश्भी फिल्मस्को युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको चलचित्रलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएको हो । दर्शकलाई केही फरक स्वाद दिने उद्देश्यका साथ निर्माण गरेको जानकारी दिँदै निर्देशक पण्डितले भन्नुभयो