चुनावी चहलपहल : राजनीतिक दल मतदाताको घरदैलोमा
निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।
गठबन्धन देशको आवश्यकता हो : वरिष्ठ नेता पौडेल
अमरराज नहर्कीतनहुँ, वैशाख १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनु भएको छ। १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यव्रmममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेकोले गठबन्धन गरिएको वरिष्ठ नेता पौडेलको भनाई थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलको भनाई थियो। देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठवन्धन विच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलले दाबी गर्नुभयो। कांग्रेसले भ्रष्ट प्रवृत्तिलाई पाखा लगाउन कांग्रेसलाई विजयी गराउनुपर्ने पौडेलको भनाइ छ। अहिलेको गठबन्धनले नेपाली कांग्रेसलाई संसदमा बहुमतमा पुर्याउने उहाँको दाबी छ। कार्यव्रmममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितीका प्रमुख शान्ति रमण वाग्लेलगायतले सम्बोधन गर्नुभएको थियो।
ललितपुरमा महिला मतदाता बढी
ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।
६० जिल्लामा मतपत्र ढुवानी, अब १७ जिल्ला मात्र बाँकी
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतपत्र ढुवानी धमाधम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ भने अब १७ जिल्लामा मात्र ढुवानी गर्न बाँकी छ । सिन्धुली, रामेछाप र दोलखाका लागि सामग्री लोड भइसकेकाले १९ गते बिहान ढुवानी हुने आयोगका उपसचिव कमल ज्ञवालीले बताउनुभयो । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको उहाँले बताउनुभयो । बाँकी रहेका जिल्लाहरुमा मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुरमा मतपत्र पठाउन बाँकी रहेको ज्ञवालीले जानकारी दिनुभयो । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी भइसक्ने ज्ञवालीले जानकारी दिनुभयो ।निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको आयोगको भनाई छ । हिमाली सबै जिल्लामा मतपत्र पुगिसकेकाले तराईका सुगम जिल्लामा मतपत्र ढुवानी गर्न समस्या नरहेको आयोगको भनाई छ ।
निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छ : प्रवक्ता डा. महत
सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गर्नुभएको छ।
उम्मेदवारले अनेक शीर्षकमा खर्च गर्न पाउने
स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे सात लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको खर्च सीमामा सो कुरा उल्लेख छ ।
निर्वाचनमा आँच पुर्याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी
निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो ।
निर्वाचनका बेला बाँकेको जमुनाहा नाका ७२ घण्टा बन्द गरिने
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।
गुल्मीमा १५ मतदान स्थल अति संवेदनशिल
गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।