यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
महानगरको नमुना उद्यमद्वारा उत्पादित बस्तु बिक्रीमा
काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ ।
डलर, युरो र पाउन्डको मूल्य घट्यो
शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
इपिएस कोरिया : सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासो
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रगति ८० प्रतिशत
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि
लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।
उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
आन्तरिक राजस्व परिचालन रणनीति : कर बढाएर एक्काइस प्रतिशत पुर्याइने
सरकारले आगामी पाँच वर्षभित्र कर राजस्व कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा २१ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण संस्थाहरूको भेला
नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ ।
सुपथ मूल्य पसल सुरु, पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
एनसेलद्वारा पलेशालाई १० लाखसहित सम्मान
एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।
सुनको मूल्य तोलामा आठ सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।
सेयरबारे जानकारी लिन अर्थमन्त्री नेप्से कार्यालयमा
सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय पुगेर त्यसबारे जानकारी लिनुभएको छ ।
संयुक्त रूपमा बजार अनुगमन
सरकारले आउँदो असोज ४ गतेदेखि चाडपर्वलक्षित संयुक्त रूपमा बजार अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।
संविधान दिवसमा टेलिकमको ‘अफर’
नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि संविधान दिवस अफर ल्याएको छ । बुधबारदेखि शुक्रबारसम्म लागु हुने उक्त अफरमा ४९ रुपियाँमै एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट भ्वाइस सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
उदीपुर २२० केभी सबस्टेसन निर्माण
लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
स्टार्टअप उद्यम कर्जाका लागि पाँच हजारभन्दा बढी प्रस्ताव
स्टार्टअप उद्यम कर्जाका लागि पाँच हजार २५० उद्यमीले परियोजना प्रस्ताव पेस गरेका छन् ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।
‘एनसेल फाउन्डेसन’ घोषणा
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ ।
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबिच सघन छलफल
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।
नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
सुनको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु. छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।