श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी
जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।
डिजेल र पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो।
कोसी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड खुल्यो
बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ ।
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२–८३ को प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
१५ दिनअघि नै भित्रियो मनसुन
नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ ।
कर्मचारीको तलब वृद्धि भएन, महँगी भत्ता ५ हजार
आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब वृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले वृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।
बजेटका लागि संसद् बैठक बस्दै
सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ । आज अपराह्न ३ः०० बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्नुहुने कार्यसूची छ ।
इजरायली आक्रमणमा यमनको अन्तिम विमान पनि ध्वस्त
इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् ।
आलमलाई तीन आधारमा उच्च अदालत वीरगञ्जबाट सफाइ
जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा गरेको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्ज इजलासले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।
प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भारतमा कोरोना सङ्क्रमित बढ्दै : १२ जनाको मृत्यु, १०८३ सङ्क्रमित
भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।
मन्दिरको सात कठ्ठा जग्गा अतिक्रमण
दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार-पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् ।
युवा सङ्घ अध्यक्षमा थेबे निर्वाचित
नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ ।
नेपालमा सात जनामा कोरोना पुष्टि
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको तत्कालीन नवलपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
नवलपुरबाट वार्षिक सात लाख क्यूफिट काठ सङ्कलन गरिने
गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि रोकिएको वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन निर्देशिका २०८२ जारी गरेको छ ।
बाजुरामा जिप दुर्घटना : टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु
जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।