माग सम्बोधन नभए जलविद्युत् आयोजना ठप्प पार्ने रघुगङ्गावासीको चेतावनी
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
खुम्चियो आन्तरिक कर्जा
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् ।
रेमिट्यान्सको उत्पादनशील उपयोग
कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । सामान्य अर्थमा विदेशको कमाइ नै रेमिट्यान्स हो । वैदेशिक रोजगारमा गएर कमाएको रकम स्वदेशमा प्राप्त भएपछि सो रकम रेमिट्यान्स हुन आउँछ ।
राष्ट्रिय वाणिज्य बैँकद्वारा ९४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा
सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिँदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने गरी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको छ ।
एभरेष्टबैँकको १३० औं शाखा फिदिममा
एभरेष्ट बैँक लिमिटेडले पाँचथरमा शाखा विस्तार गरेको छ । यो बैँकको फिदिममा १३० औं शाखा हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नुभयो ।
फुङ्लिङमा एभरेष्ट बैंकको शाखा
एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
‘विद्युतीय भुक्तानीमा प्रगति’
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैँकद्वारा ९७ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका दुई जना गरी जम्मा ९७ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
कोशीका आधाभन्दा बढी सहकारीले बुझाएनन् विवरण
कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
खारेजीको सँघारमा सत्र सहकारी
दुई वर्षदेखि निष्क्रिय रहेका १७ वटा सहकारी सङ्घ संस्थालाई भोटेकोशी गाउँपालिकाले खारेजीको प्रक्रिया अघि बढाएको छ ।
ब्याजदर औसतमा स्थिर
फागुनमा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर रहेको छ । माघको तुलनामा फागुनमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा स्थिर रहेको छ ।
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरिएको छ । मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरिएको हो ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
सहकारीपीडितबाट निवेदन आह्वान
आर्थिक अपचलन भएको भन्दै पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।
ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटोपत्रकार समूहबिच क्यामेरा खरिदका लागि सम्झौता
राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आबद्ध भएका देशैभरिका सदस्यहरूले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदका लागि बिना धितो ऋण पाउने भएका छन् ।
‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबिच थप समन्वय आवश्यक छ’
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला सबै निकायहरूबिच केन्द्रदेखि स्थानीयस्तरसम्म समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।
घट्यो अमेरिकी डलरको भाउ
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ ।