१५ सय मिटर दौडमा फुलमतीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर महिलातर्फ नेपाल एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा फुलमतीले निर्धारित दूरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गर्नुभयो ।
एक सय मिटरमा शिवराजलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको एक सय मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा शिवराजले निर्धारित दूरी १०.५६ सेमन्डमा पूरा गर्नुभयो ।
म्याग्दीको बेनीमा तेक्वान्दो सुरु
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
महिला दश हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला दश हजार मिटर दौड प्रतियोगितामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो ।
राष्ट्रिय महिला भलिबल: कर्णालीलाई पराजित गर्दै नेपाल आर्मी विजयी
बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
राष्ट्रिय खेलकुदको नवौँ मेला
साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । यो मेला प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर पटक पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि फेरि पोखरामा दोस्रो पटक घरेलु खेलकुदको सबभन्दा ठूलो मेला भइरहेको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपालि राष्ट्रिय खेलकुदको बजेट ६० करोड रुपियाँ छुट्याइएको छ । अझ प्रदेश सरकारको पनि लगानी जोड्ने हो भने यस प्रतियोगिताको लागत अझ बढी हुन आउँछ ।
उपराष्ट्रपति पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको छ।
गल्फमा आर्मीका सुवासको अग्रता
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलको पुरुष एकलमा त्रिभुवन आर्मी क्लबका सुवास तामाङले अग्रता लिनुभएको छ । पार ६९ को पोखराको हिमालयन गल्फ क्लबमा भएको प्रतियोगितामा सुवासले शुक्रबार सुवासले एक अन्डर ६८ खेल्नुभयो ।
साइक्लिङ शनिबारदेखि, ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल शनिबारदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।