देशको समृद्धि र विकासको पहिलो सर्त शिक्षा प्रणालीको गुणस्तर हो । आर्थिक वृद्धिदर, भौतिक पूर्वाधार वा राजनीतिक स्थायित्वले मात्र समृद्धिको ग्यारेन्टी गर्न सक्दैन । त्यसको वास्तविक आधार भनेको शिक्षा प्रणालीले निर्माण गर्ने नागरिकको गुणस्तरमा निर्भर हुन्छ । यसै तथ्यलाई मनन गर्दै नेपालले पनि विद्यालय शिक्षालाई बढी उद्देश्यमूलक, व्यावहारिक, जीवनमुखी र बालकेन्द्रित बनाउने अभिप्रायले विगत केही वर्षयता नीतिगत रूपमा निकै ठुला र सकारात्मक कदम चालेको छ । विसं २०७६ मा आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रममा गरिएको संर