नेपालको शिक्षा प्रणालीले विगत लामो समयदेखि ठुलो परिवर्तनको यात्रा तय गरेको छ । राणा शासनकालमा शिक्षा केवल दरबार र उच्च वर्गमा सीमित थियो । सर्वसाधारण जनताका लागि शिक्षा प्राप्त गर्नु कठिन मात्र होइन, असम्भव जस्तै थियो । गुरुकुल, गुम्बा र घरेलु शिक्षण प्रणालीमार्फत धार्मिक तथा सांस्कृतिक ज्ञान मात्र प्रदान गरिन्थ्यो । विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि शिक्षा सबै ना