दृढ इच्छाशक्ति, कामप्रति समर्पण र नवीन अठोट भए जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । यसको उदाहरणका रूपमा धर्मलाल प्याकुरेललाई लिन सकिन्छ । कर्मपथमा निरन्तर सक्रिय, सिर्जनशील र सधैँ क्रियाशील उहाँको दैनिकी रेडियो ‘अनएयर’ गरेर सुरु हुन्छ । अनि राति रेडियोको प्रसारण समाप्तिको धुनसँगै उहाँको दैनिकी पूरा हुन्छ ।
श्रम र श्रमिकको सम्मान, त्यो पनि ताम्रपत्रमा नाम लेखेर ! यस्तो विषय अलि आश्चर्य लाग्ने नै हो तर सङ्घीय शासनप्रणाली अन्तर्गत गाउँमा पुगेको ‘जुम्लाको सिंहदरबार’ ले यहाँको कुलोमा श्रमदान गर्ने श्रमिकको नाम ताम्रपत्रमा लेखेर सम्मान गरेको छ ।
जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको छ ।
झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ ।
जुम्ला सदरमुकाम खलङ्गाको बिचमा बग्ने जुगाडखोलाको दुवैतिर जुगाड कोरिडोरको काम सुरु गरिएको छ । पछिल्लो समय खोला फोहोर भइरहेकाले यो खोलालाई स्वच्छ, सफा जुगाडखोला कोरिडोर निर्माणको काम सुरु भएको हो ।
कनकासुन्दरी मन्दिर जाने बाटोमा खण्डित अवस्थामा कलात्मक पत्थरको मूर्ति देख्न सकिन्छ ।