नेपालको संविधान २०७२ ले मुलुकलाई एकात्मक राज्य प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण ग¥यो । यस व्यवस्थाको मूल मर्म शक्ति र अधिकारलाई केन्द्रबाट जनताको घरदैलोसम्म पु¥याउनु थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय सरकारलाई शासन प्रणालीको महìवपूर्ण आधारका रूपमा स्थापित गरिएको छ । नेपालको संविधान २०७२ को धारा ५६ र ५७ ले गाउँपालिका, नगरपालिका तथा जिल्ला सभालाई स्थानीय सरकारका रूपमा अधिकार प्रदान गर्दै स्थानीय तहलाई जनताको सबैभन्दा नजि