‘गोर्खापत्र’ प्रकाशनसम्बन्धी सनद नेपालको छापाखाना तथा प्रकाशनको इतिहास र नेपालको पत्रकारिताको इतिहासमा ऐतिहासिक कोसेढुङ्गो हो । त्यतिबेला विश्वमा पत्रकारिताका ‘टर्च बिअरर’ का रूपमा अखबारहरू नै थिए । त्यही सनदबाटै नेपालमा पहिलो अखबार ‘गोर्खापत्र’ (हालको गोरखापत्र) जन्मिएको अहिलेसम्मका उपलब्ध तथ्यप्रमाणले देखाउँछ तर उक्त सनद जारी भएको मितिका सन्दर्भमा अझै पनि कतिपयमा अन्योल कायमै छ । गम्भीर पाटो त, यो अन्योल घट्नुको साटो बढ्दो क्रममा रहेको देखिन्छ ।
‘गोरखापत्र’ ले केही निश्चित तर अलिखित सैद्धान्तिक सहमतिसहित २०४६ सालमा पाठकका लागि रोचक शैलीमा ‘रमाइलो शुक्रबार’ परिशिष्ट (सप्लिमेन्ट) प्रकाशन सुरु गर्यो । नेपालकै जेठो अखबार ‘गोरखापत्र’ ले २०१९ असार ९ दे