मुलुकमा लगभग दुई तिहाइ बहुमत भएको सरकार गठन भएको छ । यो सरकार गठन हुनुपूर्व नै राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपियाँ बजेटको आकार तोकेको छ । यस्तो बजेटका लागि करिब १४ खर्ब ५० अर्ब रुपियाँ आन्तरिक राजस्व असुलीबाटै पु¥याउनुपर्ने हुन्छ । चालु आव २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट घोषणा गरिएको थियो । यस्तो खर्च थेग्ने स्रोतमा राजस्वको अंश १४ खर्ब ८० अर्ब रुपियाँ तोकिएको थियो । यसलाई मध्यावधि समीक्षाबाट १२ खर्ब ९८ अर्ब रुपियाँमा झारिएको छ, जस अनुसार २०८२ चैत मसान्तसम्मको असुली आठ खर्ब ९१