• १५ वैशाख २०८१, शनिबार

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

blog

दुर्घटनाग्रस्त मोटरसाइकल ।

वसन्त पराजुली

भरतपुर, साउन १६ गते । नारायणगढ मुग्लिङ सडक-खण्डमा मङ्गलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्को एकजना घाइते भएका छन् । 

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६४२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ३८ प ६५७०नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाट सडक-खण्डमा ठक्कर दिएको हो । दुर्घटनामा मोटर साइकलमा सवार  पाल्पा मस्याङ ४ घर भएका ३५ वर्षीय सरोज दर्लामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिनुभयो।

उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा दर्लामीको मृत्यु भएको हो । दुर्घटनामा घाइते अर्का एक जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको छ । ट्रक चालक पर्सा सुकुवा १ का ४० वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।