• १४ वैशाख २०८१, शुक्रबार

नागरिकता लिन खोज्ने नक्कली बाबुछोरा पक्राउ

blog

कोकिला ढकाल 

इलाम, असार २५ गते । नक्कली बाबु–छोरा बनेर नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का चेतन गजमेर, भुवनसिंह गजमेर रहेका छन् । 

चेतनले २०६३ माघ २९ गते जन्मका आधारमा नागरिकता लिएका भुवनसिंहको छोरा बनेर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए । तर, सूर्योदय नगरपालिका वडा –५ ले चेतन भुवनसिंहको छोरा नभएको जानकारी आएको भन्दै अनुसन्धान गर्न सीमा प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । 

वडा कार्यालयको पत्रपछि सीमा प्रशासनले अनुसन्धान गर्दा भुवनसिंहको छोरा चेतन नभएको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।