• १५ वैशाख २०८१, शनिबार

मर्जर तथा प्राप्तिमा सहभागी बैङ्क तथा वित्तीय संस्थालाई सहुलियत

blog

काठमाडौँ, जेठ २४ गते । नेपाल राष्ट्र बैङ्कले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छ वटा सुविधा प्रदान गर्ने भएको छ ।

राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गरी सुविधा थप गरेको हो ।

मङगलबार राष्ट्र बैङ्कले एकीकृत निर्देशन जारी गर्दै एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट लागु हुने गरी विभिन्न सुविधा तथा छुट प्रदान गरेको जनाएको छ ।

तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने तथा सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा छ महिना व्यतीत नभई राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने एकीकृत निर्देशनमा उल्लेख छ ।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न छ महिनाको समय प्रदान गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साबिकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैङ्कले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने एकीकृत निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैङ्कबाट तोकिएकोप्रति संस्था निक्षेप सङ्कलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने तथा एकीकृत कारोबार सञ्चालनका व्रmममा एक किलोमिटरको दुरीमा सञ्चालनमा रहेका शाखा कार्यालयमध्ये कुनै एक शाखा कायम राखी सोही दुरीभित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।