दाँत र मदिराको सम्बन्ध


daru_1ठिक्क मात्रामा रक्सी अर्थात् मदिरा सेवन स्वास्थ्यका लागि राम्रो नै मानिन्छ । तथापि यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा विभिन्न किसिमका समस्यालाई निम्ता दिन्छ । मदिराको लतकै कारण कतिपयको घरबारमात्र होइन, ज्यानसमेत गएका प्रशस्तै उदाहरण सुन्न तथा देख्न पाइन्छ । मदिराको बढी सेवनबाट शरीरका विभिन्न अङ्गमा विभिन्न किसिमका समस्या देखिन थाल्छन्, धेरैलाई थाहा नहुन सक्छ– मदिराकै कारण मानिसको दाँतमा पनि विविध समस्या देखिन्छन् ।
हेल्थलाइन अनलाइनका अनुसार बढी मात्रामा मदिरा उपभोग गर्ने व्यक्तिका दाँतमा प्लेक अर्थात् मैलो जम्मा हुन्छ । जसकारण दाँतमा विभिन्न किसिमका समस्या देखापर्न थाल्छन् । विशेषगरी कडाखाले मदिरा सोडा वा जुसका साथ मिलाएर खाइन्छ, यी वस्तुमा चिनीको मात्रा निकै बढी हुन्छन् । जसले सजिलै दाँतमा नराम्रो असर पार्न सक्छन् । यसक्रममा बिस्तारै दाँतको जरासम्म नै असर पुग्छ ।
बढी मदिरा उपभोगका फलस्वरूप शरीरमा सुख्खापनको समस्या आउन सक्छ । यसैकारण मुखमा निकै कम ¥याल उत्पन्न हुन्छ र मुख सुख्खा हुन्छ । ¥याल मुखका लागि निकै महŒवपूर्ण हुन्छ कि यसले मुखमा भएका सबै किसिमका जीवाणुलाई समाप्त पारिदिनुका साथै दाँतमा जम्ने मैलो अर्थात् प्लेकको पत्रलाई पनि हटाउन महŒवपूर्ण भूमिका खेल्छ ।
मदिरामा भएको एसिडका कारण दाँतमा दाग देखिन्छ । रक्सीमात्र नभई बियरमा पनि एसिडको मात्रा बढी नै हुन्छ । यसैकारणले बढी रक्सी वा बियर पिउनेका दाँत फोहोर तथा नराम्रा देखिन्छन् ।
हाम्रोजस्तो देशमा धेरैजसो मानिस मदिरा पिएपछि दाँत माझ्ने गर्दैनन् वा भनौँ यस सम्बन्धमा हाम्रो संस्कार नै छैन । यसैकारण मदिरामा भएको चिनी रातभरि दाँतमैै रहिरहन्छ र यसले दाँतलाई क्रमशः नराम्रो असर गर्दै जान्छ । यसैले रक्सीको उपभोगपछि निकै पानी खानु राम्रो हुन्छ । यसरी पानी खाँदा शरीरमा पानीको अभाव हुँदैन र मदिराका कारण देखिने समस्यामा केही कमी आउन सक्छ ।
शनिबार डेस्क

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds