• १५ वैशाख २०८१, शनिबार

विविधता बीचको एकताबाट राष्ट्रिय एकता सबलः प्रदेश प्रमुुख गुरुङ

blog

गण्डकी, वैशाख  २२ गते । गण्डकी प्रदेश प्रमुुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताउनुभएको छ ।

२५६७औँ  बुद्ध जयन्तीको अवसरमा शुुभकामना सन्देश जारी गर्दै उहाँले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ”, सन्देशमा भनिएको छ ।

यस दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभएको छ ।