• १५ वैशाख २०८१, शनिबार

न्यूरो सर्जनहरूबीच अनुभव आदान प्रदान

blog

विराटनगर, बैशाख १८ गते । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ ।

नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदान प्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।


नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख वरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी विभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब चार हजार बिरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।

सहभागीहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तव्यमार्फत स्वागत गर्नुभयो । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गर्नुभयो । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।

नोबेलको न्यूरो बिभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।