• १५ वैशाख २०८१, शनिबार

यो गठबन्धन सरकार पाँच वर्ष चल्छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २२ गते । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ । पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा  बुधबार आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो । 

सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धन अगाडि बढाइएको पनि चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशङ्का छ । कसै कसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन् । त्यसलाई पत्याउने अवस्था पनि रहेको छ ।” 

राजनीतिक स्थायित्वलाई ध्यानमा राखी गठबन्धनलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौँ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताउनुभयो । वर्तमान सरकार बनेको सय दिनमा धेरै काम गर्न नसके पनि एक दुई वटा राम्रो काम गरेको उहाँले चर्चा गर्नुभयो ।