• १५ वैशाख २०८१, शनिबार

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

blog

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नुहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषाल ।

काठमाडौं, चैत २१ गते । राष्ट्रिय सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । आज (मङ्गलबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले सो प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा मन्त्री भुसालले लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुभयो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभएको थियो ।

यसैगरी, बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधि सभामा जानेछन् ।

राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।