• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह: सदन चलिरहँदा मोबाइल अफ गर्नुस्

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

काठमाडौं, चैत २१ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल अफ गर्न सांसदहरूलाई आग्रह गर्नु भएको छ । मङ्गलबार राष्ट्रियसभा बैठकमा उहाँले मोबाइल अफ गर्न सांसदहरूलाई सचेत गराउनु भएको हो ।

नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भन्नु भएको हो । उहाँले भन्नु भयो, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।