• १५ वैशाख २०८१, शनिबार

‘विकास र योजना’ मुख्य प्राथमिकता

blog

सन्तोष सुवेदी

कास्की, पुस २८ गते । नेकपा (एमाले)का नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेसँगै कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व सरकारको कार्यकाल टुङ्गिएको छ । सोही अवसरमा निवर्तमान मुख्यमन्त्री पोखरेलले आफ्नो सरकारको १८ महिने कार्यकालको उपलब्धि र प्रगति पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो । 

उहाँले आफ्नो सरकारको उपलब्धि समेटिएको पुस्तक नै सार्वजनिक गर्नुभएको छ । २०७४ फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको थियो । मुलुकको परिवर्तित राजनीतिका कारण गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा २०७८ जेठ २९ गते सरकार गठन भएको हो । उहाँ नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएका योजनालाई नै प्राथमिकतामा राखेर काम गरेको दाबी गरेको छ । “बहुवर्षे तथा रणनीतिक महìवका योजनालाई निरन्तरता दिँदै दीर्घकालीन महìवका योजनालाई समेत सरकारले थालनी गरेको बताइएको छ । 

कोरला–त्रिवेणी सडक यो प्रदेशको लाइफलाइन हो,” उहाँले भन्नुभयो सोहीअनुसारका विकासका कार्यक्रमलाई निरन्तरता दिएका थियौँ । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बाहिरिँदा ९३.१० प्रतिशत घरमा पानी पुगेको दाबी गरिएको थियो । अहिले ९३.७४ प्रतिशत मात्रै पुगेको छ । पानीको पहुँचको विकासको लागि उहाँले अर्थ मन्त्रालयलाई दोष दिँदै भनेजस्तो बजेट विनियोजन नहुँदा योजना पूर्ण हुन नसकेको गुनासो गर्नुभयो । पोखरेलको कार्यकालमा सडकतर्फ १०८.४२ किमि सडक कालोपत्रे÷ढलान, १२६ किमि सडक ग्राभेल सडक बनेको छ । 

करिब ३१ वटा पुल (जसमध्ये प्रदेशअन्तर्गत २५ वटा सडक पुल र स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनातर्फ छवटा) सम्पन्न, प्रदेशअन्तर्गत २१ वटा झोलुङ्गे पुल सम्पन्न भएको प्रगति पुस्तिकामा उल्लेख गरिएको छ । पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले सात अर्बभन्दा बढी लगानी गरिएको उल्लेख गरिएको छ । 

सो पुस्तिकामा प्रदेशको गरिबी नियन्त्रणमा उल्लेख्य सुधार भएको जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा १४.२ प्रतिशत बहुआयामिक गरिबी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा बहुआयामिक गरिबी ९.६ प्रतिशत झरेको उल्लेख गरिएको छ । कोरोना महामारीबाट प्रदेशवासीलाई बचाउनका लागि ‘युद्ध व्यवस्थापन शैली’ काम गरिएको, खोप कोष स्थापना गरी दुई करोड ७० लाख रुपियाँ जम्मा गरिएको जनाइएको छ । 

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायतास्वरूप प्रतिपरिवार ५० हजार आर्थिक सहायता प्रदान गर्ने व्यवस्था मिलाइएको, कोभिडबाट अभिभावक गुमाएका विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मासिक पाँच हजार शैक्षिक वृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको पुस्तिकामा उल्लेख छ । प्रदेशमा कुपोषण प्रभावित जनसङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा ४० प्रतिशत आर्थिक वर्ष २०७८/७९ मा ३५ प्रतिशतमा झरेको पोखरेलले बताउनुभयो । पोखरेलले सार्वजनिक पुस्तिकामा विभिन्न देशका नेपाल आउनुभएका राजदूतसँगको भेटलाई पनि उपलब्धिका रूपमा समावेश गर्नुभएको छ । 

पुस्तिकामा प्रदेश मातहतमा चल्ने ट्याक्सीमा भाडा निर्धारण गर्ने डिजिटल मिटर राखी सेवाग्राहीलाई बिल दिने र चालकले पहिचान खुल्ने एकै प्रकारका ड्रेस लगाउनुपर्ने व्यवस्था मिलाइएको उल्लेख गर्नुभएको छ । प्रदेशलाई पूर्ण साक्षर घोषणा गरी प्राविधिक तथा गुणस्तरीय शिक्षातर्फ लाग्ने बाटोहरू प्रशस्त खुलेको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि हालसम्मको अवधिमा पर्यटन क्षेत्रमा भएका प्रवद्र्धनात्मक क्रियाकलापका कारण विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । 

उहाँका अनुसार यो अवधिमा एक लाख ७८ हजार ४४ जना विदेशी पर्यटकले गण्डकी प्रदेशमा भ्रमण गरेका छन् । २०७८/७९ मा विभिन्न खेलमैदान निर्माण तथा स्तरोन्नति कार्यक्रमअनुसार २२६ मध्ये २१९ वटा खेलमैदानको निर्माण तथा स्तरोन्नति गरिएको जनाइएकोे छ ।