• २२ असार २०८१, शनिबार

विजयनगरमा निःशुल्क आँखा उपचार शिविर

blog

जानु पाण्डे

कपिलवस्तु, पुस २१ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । 

विपन्न समुदायलाई चेकजाँच गर्न आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको थापाले बताउनुभयो । आँखा उपचार शिविर बिहीबार र शुक्रबार २ दिनसम्म हरिबोध माध्यमिक आधारभूत विद्यालयमा चल्नेछ । 

छन्दे कालेबाबु आँखा अस्पताल बहादुरगन्जको प्राविधिक टोली चेकजाँचका लागि खटिएका छन् । सामान्य प्रकारका बिरामीको शिविरबाट उपचार हुने र अप्रेसन गर्नुपर्ने बिरामीलाई अस्पतालमा रेफर गरी निःशुल्क उपचार हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।