• १५ वैशाख २०८१, शनिबार

तलब भत्ताको रकमबाट ज्येष्ठ नागरिकलाई भ्रमण

blog

सुजन काफ्ले 

चरीकोट, पुस २० गते । भिमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठले आफूले पाएको तलब भत्ता रकमबाट ज्येष्ठ नागरिकलाई काठमाडौंको भ्रमण गराउनुभएको छ ।

मासिक पाउने तलब भत्ता छुट्टै कोषमा जम्मा गरेको रकमबाट वडाका ३८ जना ज्येष्ठ नागरिकलाई काठमाडौं भ्रमण गराउनुभएको हो । तलब भत्ता बापत आउने रकम जम्मा हुने अलग खाता बनाएको छु, अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

पुस १७ गते ज्येष्ठ नागरिकलाई लिएर काठमाडौं भ्रमणमा निक्लनुभएका अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गराउनुभएको थियो । भेटमा ज्येष्ठ नागरिकले सोही वडाको महाकाल मन्दिरको प्रसाद राष्ट्रपतिलाई उपहार दिनुभएको थियो । राष्ट्रपतिले प्रशाद ग्रहण गर्नुहुँदै सो मन्दिरमा भेटी समेत पठाउनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

भ्रमणका क्रममा सोही दिन दिउँसो ज्येष्ठ नागरिकहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । भेटको क्रममा अध्यक्ष ओलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । उहाँहरुलाई पशुपतिनाथको सन्ध्याकालिन आरतीमा समेत सहभागी गराइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।