• १५ वैशाख २०८१, शनिबार

‘न्यानो अभियान’मा एक सय सत्र परिवार लाभान्वित

blog

बर्दिबासका विपन्न समुदायमा न्यानो कपडा वितरण गरिँदै । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, पुस १९ गते । जाडोबाट प्रभावित परिवारको सहयोगका लागि बर्दिबासका युवाले अहिले ‘न्यानो अभियान’ सुरु गरेका छन् । 

स्थानीय ४० जना युवाको सहभागितामा ‘सबैका लागि हामी’ अभियान अन्तर्गत नगर क्षेत्रका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । अभियानमा सहभागी युवा जिसव सिंहकाअनुसार बर्दिबास नगरका १४ वडामध्ये अहिलेसम्म १२ वडाका ११७ परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।  

वितरणका लागि न्यानो कपडा खरिदमा ३ लाखबढी रकम खर्च भएको अभियानकर्ताले जनाएका छन् । यो रकम स्थानीय व्यापारी तथा अभियानकर्ता युवाबाट सङ्कलन गरिएको हो । 

यसैबीच, तीनदेखि सुरु भएको चिसोका कारण बिरामी थपिँदै गएको बर्दिबास अस्पतालले जनाएको छ । 

बर्दिबास अस्पतालकी डा. कृष्णा महर्जनकाअनुसार अहिले बच्चा तथा ज्येष्ठ नागरिकमा दम, निमोनिया, रुघाखोकी लागेको छ ।