पर्यटनमा बौद्ध परिपथको परिकल्पना

राजेन्द्र दाहाल


विश्व समुदायले धार्मिक नेताको रूपमा मात्र नभएर एउटा समाज सुधारक शान्तिदूतको रूपमा गौतम बुद्धलाई विशेष रूपमा सम्झने गर्छन् । विक्रम संवत् शुरुवात हुनुभन्दा ४८७ वर्ष पहिले कपिलवस्तुको शाक्यकूलका उत्तराधिकारीको रूपमा लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतम तत्कालीन समाजमा व्याप्त विकृति विसङ्गती र युद्धविरुद्धको सङ्घर्षमा होमिएर समाजलाई यी समस्याबाट मुक्त गराउन जुन सिद्धान्तको प्रतिपादन गर्नुभयो, कालान्तरमा यही सिद्धान्तले धर्मको स्वरूप ग्रहण गरेपछि बौद्ध धर्मको अस्तित्व देखाप¥यो । यसरी सिद्धार्थ गौतम, गौतम बुद्धको रूपमा परिचित बने । बुद्धको जिवनसँग जोडिएका स्थान र घटनाले बौद्ध तीर्थस्थल र धार्मिक पर्वको मान्यता प्राप्त ग¥यो । बुद्धको जीवनसँग जोडिएका स्थान लुम्बिनी, कपिलवस्तु, रामग्राम, बोधगया, सारनाथ, कुशीनगरलगायत उनको सम्झनामा निर्माण भएका स्तूप, चैत्य, छोर्तेन, गुम्बा र बिहार बौद्ध तीर्थस्थल बने । यसैक्रममा बुद्धको जीवनसँग जोडिएका स्थान र बौद्ध धर्मका अनुयायीले निर्माण गराएका पुराना स्तूप चैत्य छोर्तेन, गुम्बा र बिहार बौद्ध धर्मका महŒवपूर्ण प्राचीन तीर्थस्थल बन्न सफल भए यिनै क्षेत्र र सम्पदालाई समेटेर विकास गरिएको धर्मिक सांस्कृतिक पर्यटकीय गन्तव्य क्षेत्रको समूहलार्ई बौद्ध
परिपथ भनिन्छ ।
यस्ता क्षेत्रले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महŒव र विशेषता बोकेका हुन्छन् । धार्मिक, सांस्कृतिक इतिहासिक, पुराताŒिवक, कला, वास्तुकलाका अनुपम उदाहरणको रूपमा रहेका यस्ता क्षेत्र र सम्पदालाई सन् १९७२ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यको शुरुवात ग¥यो, जसले गर्दा यस्ता क्षेत्रको गरिमा अझ बढेर गयो । बौद्ध मार्गीले बुद्धको जीवनका घटनासग सम्बन्धित मात्र होइन, उनले प्रयोग गरेका वस्तु तथा चिताको भस्म अनि अस्थिधातुसमेत राखेर निर्माण गरिएका स्तूप चैत्य छोर्तेन, गुम्बा र बिहार बौद्ध धर्मका महŒवपूर्ण प्राचीन तीर्थस्थलको रूपमा परिचित भएपछि यीनै क्षेत्रलाई समेटेर विकास गरिएको धर्मिक सांस्कृतिक पर्यटकीय गन्तव्य क्षेत्रको समूहलार्ई बौद्ध परिपथको रूपमा कल्पना गरिएको छ ।
बौद्ध परिपथको औचित्य
विगतका केही वर्ष यताबाट नेपालमा पर्यटन प्रवद्र्धनका लागि नीजि क्षेत्रबाट बुद्धको जीवन र बौद्ध धर्मसंँग जोडिएका तीर्थ स्थलसँंग जोडिएका स्थान लुम्बिनी, कपिलवस्तु, रामग्राम, बौद्ध, स्वयम्भू, नमोबुद्धलगायतका क्षेत्रलाई जोडेर बौद्ध परिपथको बारेमा केही प्रचारप्रसारको शुरुवात भए पनि नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध परिपथ निर्माणसँग जोड्ने योजनामाथिको छलफलले प्रवेश पाएको छैन । त्यसैले बौद्ध परिपथको निर्माण गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अर्कोतर्फ अन्तर्राष्ट्रिय बौद्ध परिपथको कल्पनाबाट विश्व समुदायका पर्यटकलाई आकर्षित गर्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा देशको ख्याती पस्कने योजनाले नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने परिकल्पना यस लेखको मुख्य उद्देश्य हो । पर्यटन उद्योगको माध्यमबाट नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय ख्यती प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय बौद्ध परिपथको निर्माण चीनको व्यापार र विश्व सम्बन्ध विस्तारका लागि चीनले उठाएको रेशम मार्ग (सिल्क रोड) भन्दा कम महŒवको छैन । बुद्धको जीवनसँग जोडिएका स्थान नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ, कुशीनगर चीनको ल्हासा, भुटान, म्यानमार, थाइल्यान्डलगायत अफगानिस्थानको बानियान प्रान्तसम्मको क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रिय बौद्ध परिपथ निर्माण हुनुपर्छ भन्ने बहसले प्रवेश पाएको छ ।
भारतले बुद्धको जीवनसँग जोडिएका स्थान बोधगया, सारनाथ, कुशीनगर नेपालको लुम्बिनी, लगायतका क्षेत्रलाई जोडेर बौद्ध परिपथ निर्माण गर्ने पर्यटन प्रवद्र्धनको योजना व्यावसायिक रणनीतिको रूपमा एक दशक अघिदेखि बहसमा ल्याएको छ तर बुद्धको जन्मभूमि नेपालमा बौद्ध परिपथ निर्माण गर्ने विषयले खासै स्थान र महŒव पाउन नसकेको यो अवस्थाको फाइदा उठाउँदै बेला–बेलामा भारतले बुद्धको जन्मभूमि सम्बन्धमा विभिन्न भ्रम फैलाउने कार्य गरिरहेको छ ।
पर्यटन उद्योगको माध्यमबाट नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय बौद्ध परिपथको निर्माण चिनको व्यापार र विश्व सम्बन्ध विस्तारका लागि चीनले उठाएको रेशम मार्ग (सिल्क रोड) भन्दा कम महŒवको छैन ।
सम्राट अशोकले बौद्ध धर्म ग्रहण गरी धर्म प्रचारका लागि उनी जहाँ–जहाँ पुगे, त्यहाँ–त्यहाँ अभिलेखसहितका थुप्रै सम्पदा निर्माण गराए । यी सबै सम्पदा र क्षेत्रसमेत कालान्तरमा बौद्ध धर्मका तीर्थस्थल बने । बौद्ध धर्मावलम्बिमा यी सबै सम्पदा र क्षेत्रको महिमा अपरम्पार छ । बौद्ध धर्मका तीर्थस्थलको भ्रमण गरे उनीहरूका लक्ष्य प्रज्ञा र उपाय सिद्ध हुने ऐश्वर्य र वैभवले परिपूर्ण दुर्लभ मनुष्य शरीर पाउने विशुद्ध शील प्राप्त गर्ने अज्ञानरूपी अन्धकार नाश भएर जाने मानसिक अशान्ति र पीडाबाट छुट्कारा पाउने विश्वास छ । बौद्ध धर्ममा पुराताŒिवक महŒवका प्राचीन सम्पदा मात्र होइन, पछिल्लो समय बनेका बुद्धका मूर्ति, कला र अमूर्त कला सांस्कृतिक सम्पदा बौद्ध धर्मका सुन्दरतम आकर्षण बन्न थाले ।
लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर, भगवान् बुद्धको जीवन र शिक्षासँग सम्बन्धित स्थान बौद्ध सर्किटहरूको प्राथमिक तीर्थस्थलमा परे । आज पर्यटक यीनै तीर्थस्थलमार्फत, बौद्ध धर्मको शानदार सुन्दरता र ठूलो अपील स्वाद गरिरहेका छन् । जापानी आर्किटेक्ट केन्जो टाङ्गेद्वारा डिजाइन गरिएको, लुम्बिनीको उद्यानले धेरै बौद्ध राष्ट्रबाट पवित्र धार्मिकस्थलको मान्यता पाएको छ । यो सर्वोच्च तीर्थस्थान र विश्व शान्तिको प्रतीकको रूपमा परिचित बन्न सफल भएको छ । यससँगै अन्तर्राष्ट्रिय बौद्ध परिपथको अवधारणाले विश्वका ५५० लाखभन्दा बढी बौद्धमार्गिका लागि विश्वव्यापी महŒवको यात्रा बन्न सक्छ, जब यो सफल कार्यान्वयन हुन सक्छ वा विश्वव्यापी रूपमा बौद्ध मार्गीलाई आकर्षित गर्न सक्छ । यसमा नेपालको पर्यटन विकास मात्र होइन, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय ख्यातीसमेतको सम्भावना रहेको हँुदा यो विषय समरिक महŒवको रूपमा अघि सार्नु आजको आवश्यता हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds