• १५ वैशाख २०८१, शनिबार

दुर्लभ थापाको विजय जुलुस

blog

विजय जुलुसमा सहभागी नेपाली कांग्रेसका दुर्लभ थापा । तस्बिर : कविता थापा

काठमाडौं, मङ्सिर ८ गते । भक्तपुर– २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ। थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ५६९ प्राप्त गर्नुभयो ।