• १५ वैशाख २०८१, शनिबार

धरानमा म्यादी प्रहरीको बिदाइ

blog

निशा राई 

धरान, मङ्सिर ७ गते । धरानमा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुको  बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले देशभरिबाट जिल्ला प्रहरी कार्यालयमार्फत भर्ना गरेको थियो । 

धरान उपमहानगरपालिकाको मातहतमा जम्मा ४ सय १२ जना म्यादी प्रहरी थिए । जसमा २ सय ७५ जना पुरुष र १ सय ५७ जना महिला थिए । बुधबार आयोजित एक कार्यक्रममार्फत म्यादी प्रहरीहरुलाई बिदाइ गरिएको र बिहीबार प्रमाणपत्रसहित जिल्लाबाट बिदाइ गरिने इलाका प्रहरी कार्यालय धरान, सुनसरीका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले बताउनुभयो । 

बिदाइका क्रममा म्यादी प्रहरीले छोटो समय भए पनि देशको सेवा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बराहक्षेत्र नगरपालिका चक्रघट्टीकी म्यादी प्रहरी गायत्री धामीले बताउनुभयो । छोटो समय भए पनि मौका पाउँदा देशको सेवामा   खटिरहने भोजपुरकी म्यादी प्रहरी शान्ताकला राईले बताउनुभयो । 

वरिष्ठ प्रहरी हवल्दार गुलाबचन्द्र सरदारका अनुसार म्यादी प्रहरीले ४० दिन खटिए बापत रासन, पारिश्रमिक र स्थानीय भत्ता प्रहरी जवानले पाएसरहका म्यादी प्रहरीहरुले पाएको बताउनुभयो । सबै रकम म्यादी प्रहरीहरुको तोकिएको बैंक खातामार्फत उपलब्ध गराइएको छ ।