• १५ वैशाख २०८१, शनिबार

पाँचथरमा एमालेको अग्रता

blog

राधा लुइटेल

फिदिम, मङसिर ६ गते । पाँचथरको प्रतिनिधि सभातर्फ हालसम्म सार्वजनिक भएको मत परिणाममा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले पुनः अग्रता लिनुभएको छ । उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई १३ मतले पछाडि पार्नुभएको हो । 

जिल्लामा हालसम्म छ हजार तीन सय १० मत गन्न सकिएको छ । यति मतगणना गर्दा हालसम्म नेम्वाङको २७०० मत प्राप्त भएको छ भने आङदेम्वेलाई २६८७ मत प्राप्त भएको छ । यसअघि आङदेम्वेले नेम्वाङलाई १३५ मतले उछिनिरहनुभएको थियो ।

यस्तै जिल्लाको प्रदेशसभा २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका इन्द्रबहादुर आङवो अग्रस्थानमा हुनुहुन्छ । उहाँले तीन हजार एक सय ६३ मत प्राप्त गर्दा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई दुई हजार नौं सय २४ मत प्राप्त भएको छ । 

यस प्रदेशमा ३७ हजार ७ सय १५ मत खसेकोमा हालसम्म छ हजार एक सय ५१ मत गणना भएको छ । 

यता प्रदेशसभा १ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कमलप्रसाद जवेगु अग्रस्थानमा हुनुहुन्छ । जवेगुले दुई हजार छ सय १५ मत प्राप्त हुँदा एमालेका राजकुमार भण्डारीले २०७४ मत पाउनुभएको छ । यस प्रदेशमा कुल ४० हजार १ सय ८६ मत खसेकोमा हालसम्म पाँच हजार पाँच सय ५८ मत गन्न सकिएको छ ।