• १५ वैशाख २०८१, शनिबार

भालुको आक्रमणबाट राई गम्भीर घाइते

blog

ध्यान कुलुङ

सङ्खुवासभा, भदौ ५ गते । जिल्लाको सिलिचोङ गाउँपालिका –३ मा एक जना भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । सो गाउँपालिकाको साप्तेल गाउँका ७० बर्षीय जुद्धमाया राईलाई आइतबार विहान भालुले आक्रमण गरेको थियो । 

राईलाई विहान गाउँ नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको स्थानीय हरिकुमार राईले जानकारी दिनुभयो । राईको टाउको, ढाड र हातमा चोट लागेको उहाँले बताउनुभयो । घाइते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्थानीय राईले जानकारी दिनुभयो । 

घटना स्थलबाट ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र करिब चार घण्टाको पैदल दूरीमा पर्छ । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल खाँदबारी ल्याउन करिब ६ घण्टा लाग्ने स्थानीयको भनाइ छ ।