• १४ वैशाख २०८१, शुक्रबार

नारायणगढ मुग्लिन सडक अवरुद्ध

blog

सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधन । तस्बिर : पविता पौडेल

पविता पौडेल 

मुग्लिन, साउन १७ गते । नारायणगढ मुग्लिन सडकको केराबारीमा सोमबारदेखि गएको पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्रमा परेका छन् । केराबारीमा ठूलो पहाड बीच बाटोमा सेपछि सडकमा सवारी साधन जाम हुनुका साथै यात्रुहरु अलपत्रमा परेका हुन् । 

काठमाडौंबाट नारयणगढ – बुटवल–भैरहवा हिंडेका सयौं गाडी मुग्लिनदेखि बेनिघाटसम्म जाममा लामबद्ध भएर रोएिका छन् । कतिपय यात्रुहरु दोहोरो भाडा तिरेर पोखरा हुँदै बुटवल भैरहवा जान बाध्य भएका छन् । नारयणगढ गैंडाकोटकी जमुना शाहले गाडीवालाले मौकाको फाइदा उठाउँदै डबल भाडा लिएको बताउनुभयो । ‘सबैसँग पैसा होला वा नहोला । यसरी बीच बाटोमा डबल भाडा उठाउनु राम्रो होइन,’ शाहले गुनासो गर्नुभयो । 

अर्की  यात्रु जेनिशा शाहले सडक अवरुद्ध भएको थाहा हुँदाहुँदै टिकट काउन्टरले यात्रुहरु पठाएर अलपत्र पारेको बताउनुभयो । यस्तै काठमाडौंबाट भैरहवा जान लाग्नुभएका अनिल वासु पनि बेनिघाटमै अलपत्र पर्नुभएको छ । ‘कामको लागि आजै पुग्नुपर्ने थियो । लामो समयसम्म जाम खुलाउन नसक्नु स्थानीय प्रशासनको पनि लापरवाही हो,’ उहाँले भन्नुभयो । वेनीघाटका प्रहरी इन्द्रवहादुर घिसिङले बाटो खुलाउने प्रयास भईरहेको जानकारी दिनुभयो ।