• १३ साउन २०८१, आइतबार

इसान कप फुटसल शनिबारदेखि

blog

फुटसल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १ गते । आरबिबीएल इसान कप फुटसल प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि हुने भएको छ ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा हुने तीन दिने प्रतियोगितामा सार्वजनिक संस्थान, सरकारी निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, दुरसंञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीका १८ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इसानका अध्यक्ष राम विनय श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, फेयर प्ले टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू चैत्य फुटसल रिक्रिएशन सेन्टर सोल्टीमोडमा हुनेछ ।