• २७ वैशाख २०८२, शनिबार

एमाले गोरखाको अध्यक्षमा थापा विजयी

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २८ गते । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको छ । 

विजयी थापाको २८० र पराजित हुनुभएका नेपालीको २०५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी १४९ मतले विजयी हुनुभएको छ । विजयी अधिकारीले २७१ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत पाउनुभयो । उपाध्यक्षका अर्का उम्मेदवार कृष्ण काप्रीले ७१ मत पाउनुभयो । 

सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याएर पराजित हुनुभयो । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसचिवका उम्मेदवार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गर्नुभयो । 

उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नानु थापा मगरले १५० मत पाउनुभएको छ । 

एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेशन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो । 

निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्वजनिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।