• १३ साउन २०८१, आइतबार

असल बुहारी सम्मानित

blog

कार्यक्रममा सम्मानित हुनुहुँदै असल बुहारी ।

बिन्दु थापा 

पाल्पा, फागुन १७ गते । तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध कार्यक्रममा सम्मानित गरेको हो । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहाले पछिल्लो समयमा ज्येष्ठ नागरीकलाइ हेला गर्ने स्याहार सुसार नगर्नेजस्ता घटना बढ्दैगएका बेला यस्ता कार्यक्रमले बुहारी र सासु ससुराबिच आपसी माया हेर्ने दृष्टिकोण र जिम्मेवारीबोध हुने भएकाले सकारात्मक प्रभाव पर्ने र बुहारीलाई थप हौसला मिल्ने बताउनुभयो । 

कार्यक्रम अन्तर्गत ११ जना असल बुहारी र १ जना उधमशील महिलालाई सम्मान गरिएको हो । कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र, खादा र मालाले सम्मान गरिएको वडा सदस्य गीता भट्टराईले जानकारी दिनुभयो । 

सो अवसरमा विभिन्न थरिका खेलकुद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको भट्टराइले जानकारी दिनुभयो । कार्यक्रममा १ हजार दिनका महिलालाई पोषण तत्वस्वरूप अण्डा, लिटो वितरण गरिएको छ ।