• २८ पुस २०८१, आइतबार

विकट बस्तीमा भाइरल ज्वरोको प्रकोप

blog

राममणि दाहाल 

हेटौँडा, माघ २२ गते । मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । राक्सिराङ गाउँपालिका–९ को तर्लिङ आसपासका क्षेत्रमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको हो । 

नेवार र सीमान्तकृत चेपाङको बाहुल्य रहेको सो बस्तीमा भाइरल प्रकोपका कारण स्थानीय ६० वर्र्षीय टीकाबहादुर नगरकोटीको गत शुव्रmबार मृत्यु भएको छ । स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीले गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोपका कारण नगरकोटीको मृत्यु भएको जनाएका छन् । मृतक नगरकोटीको घरपरिवारका सबैजसो सदस्य अहिले भाइरल ज्वरोको प्रकोपबाट सिकिस्त बनेकाले उहाँको मृत्यु यही प्रकोपका कारण भएको अनुमान गरिएको हो । 

खैराङ स्वास्थ्य चौकीका अहेव रीता थिङले गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप अझै नियन्त्रणमा नआएको जानकारी दिनुभयो । उहाँले कतिपय घरमा सबै जना भाइरल ज्वरोबाट प्रभावित भएका छन् । अधिकांश घरपरिवारका चार÷पाँच जना भाइरल ज्वरोबाट सिकिस्त भएको पाइएको बताउनुभयो । 

शनिबार पालिकाबाट गएको स्वास्थ्यकर्मी र खैराङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले १०५ जनाको स्वास्थ्य जाँच गरेकोमा आइतबारसम्ममा स्वास्थ्य जाँच गरिएकाको सङ्ख्या १३० जना पुगेको छ ।

स्वास्थ्य जाँच गरिएकामध्ये २० जनाको पुनः जाँच गरिएको छ र उनीहरूको स्वास्थ्यमा व्रmमशः सुधार आएको पाइएको छ । अज्ञात भाइरल ज्वरो गाउँका स्थानीय बालबालिकादेखि वृद्धसम्ममा सङ्व्रmमण भएको स्थानीय मोहन नगरकोटीले जानकारी दिनुभयो । बिरामीको चाप बढेका कारण प्रकोप फैलिएको क्षेत्रमा शनिबार गाउँपालिकाको स्वास्थ्य शाखाबाट थप जनशक्तिसहित तर्लिङमा पठाइएको कतिपय औषधी सकिएर अभाव भएको छ । राक्सिराङ  गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय कापरीले आइतबार पनि थप औषधी पठाइएको बताउनुभयो । 

उहाँले मौसम परिवर्तनसँगै फैलिने भाइरल भएको र भाइरल ज्वरोकै कारण एक जनाको मृत्यु भएको आशङ्का गरिएको जानकारी दिनुभयो । 

शनिबारबाट उपचारमा संलग्न खैराङ स्वास्थ्य चौकीकी अहेव थिङले रुघाखोकी, ज्वरो, काम्ने, छाती दुख्ने, घाँटी र टाउको दुख्ने जस्ता एकै प्रकारका लक्षण बिरामीमा देखिएको बताउनुभयो ।

उहाँले प्रकोप फैलिएको क्षेत्रमा समयमै प्रकोप नियन्त्रण गर्न थप जनशक्ति र औषधी आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या बढ्दै छ, थप औषधी मगाएका छौँ । महामारी फैलिएको क्षेत्रमा जनप्रतिनिधि औषधीसहित आउने भने पनि अझै पुगेका छैनन् ।”