• ८ मंसिर २०८१, शनिबार

आस्थाको केन्द्र देवघाट

blog

माघेसङ्क्रान्तिसँग देवघाटको धार्मिक एवंं सांस्कृतिक महìवको सम्बन्ध जोडिएको छ । सरसर्ती हेर्दा माघेसङ्क्रान्ति  हुन्थेन भने देवघाटको पहिचान पनि नरहने देखिन्छ । त्यसैले माघेसङ्क्रान्ति  र देवघाटको सम्बन्ध अन्योन्याश्रित छ । दामोदर कुण्ड स्रोत भएर बहदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएको कालीगण्डकी नदीको सङ्गम देवघाटको बेनी धार्मिक रूपमा पनि महìवपूर्ण छ । सूर्य मक्कर राशिमा भई उत्तरायण हुने माघे माघेसङ्क्रान्तिका दिन देवघाटमा आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहीँ जनविश्वासले पनि हरेक वर्ष माघेसङ्क्रान्तिका दिन स्वदेशी तथा विदेशी लाखौँ भक्तजन यहाँ स्नान गर्न आउँछन् । 

धार्मिक मान्यता अनुसार माघेसङ्क्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको सङ्ख्या उल्लेखनीय हुने गर्छ । यिनै भक्तजनको व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समितिले यहाँ हरेक वर्ष माघे सङ्व्रmान्तिमा मेला आयोजना गर्ने गर्छ । अझै नदी किनारमा भेटिने शालीग्रामलाई त देवता मानेर पूज्ने हिन्दु धर्मालम्बीहरूको धार्मिक आस्था भएकाले पनि यो अझै महìवपूर्ण छ । शालीग्राम मुक्तिनाथदेखि कालीगण्डकीले बगाएर ल्याएको शिला हो । यो देवघाटमा पनि पाइन्छ । हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा शालीग्राम पूज्ने गर्छन् । 

माघेसङ्क्रान्तिसँगै देवघाटमा साउनको सोमबार पनि भक्तजनको भिडभाड हुने गर्छ । यसले पनि पछिल्ला वर्षमा देवघाटको धार्मिक पर्यटकीय आर्कषण बढ्दै गएको देखाउँछ । देवघाटप्रति भक्तजनको आस्था पनि छ । यसरी बढ्दै गएको जनविश्वास र आस्थाले धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना देखाउँछ तर संरक्षणसम्बन्धी नीति तथा योजना नबन्नु र प्रसारप्रसारको अभावमा यो स्थल ओझेलमा परेको छ । लामो समयदेखि देवघाटको गलेश्वर आश्रमको व्यवस्थापक रहँदै आउनुभएका महेन्द्र प्याकुरेल सम्भावना भएर पनि देवघाटको पर्यटन विकास गर्न नसकिएको गुनासो गर्नुहुन्छ । “ माघेसङ्क्रान्ति र साउने सोमबारलाई मात्रै हेरेर देवघाटको पर्यटनलाई मध्यनजर गर्न सकिदैन,” उहाँले थप्नुभयो, “देवघाटको प्रचार प्रसारमा हामी चुकेका छौँ । प्रचार प्रसारसँगै संरक्षणसम्बन्धी नीतिगत योजना पनि मूर्त रूपमा अगाडि बढ्न जरुरी छ ।”

देवघाट धार्मिक रूपमा महìवपूर्ण स्थल हो तर पनि यसको महìव बुझाउन सकिएको छैन । यस धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको आर्कषणका लागि आवश्यक पूर्वाधारहरूको विकास गर्न नसक्दा यो समस्या आएको हो । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष डा. गुरुप्रसाद सुवेदी नेपालमा पशुपति, मुक्तिनाथ र जानकी मन्दिरमा जस्तै देवघाटको पनि धार्मिक पर्यटन विकास गर्न सकिने तर्क गर्नुहुन्छ । “देवघाटको विकासका लागि नीतिगत रूपमा गर्नुपर्ने कार्यव्रmम गर्न सकिएको छैन” उहाँले भन्नुभयो, “देवघाटको महìवसहितको सूचना केन्द्र बनाउनुपर्ने काम पनि हुन सकेको छैन भने पशुपति, मुक्तिनाथ र जानकी मन्दिर जाने पर्यटकलाई बिचमा पर्ने देवघाट ल्याउने प्याकेज कार्यव्रmम दिन पनि सकिएन ।” 

देवघाटमा रहेका विभिन्न मठमन्दिरले आआफ्नै तवरले धर्मशाला सञ्चालन गरे पनि सरकारका तर्फबाट समेत त्यस्ता कुनै धर्मशाला नहुँदा यहाँ समस्या देखिएको छ । यसका साथै देवघाटमा रहेका मठमन्दिर तथा पुराताìिवक वस्तुहरू पनि आर्कषणका केन्द्र हुन् । सीता भासिएको गुफा, दिनदिनै शिला बढ्ने विश्वास गरिएको मणि मुकुन्दसेन चव्रmवर्ती महादेव मन्दिर र योसँगै रहेको पुष्प वाटिकाले जोकोही आउने पर्यटकको मन तान्न सफल हुन्छ । यस्तै महìवपूर्ण धार्मिक स्थल देवघाट क्षेत्रभित्र रहेका विभिन्न मठमन्दिर र पीठहरूले सञ्चालन गरेका गुरुकुलहरू संस्कृत विद्याआर्जन गर्ने थलो पनि बन्दै छ । चितवनतर्फ भएको महाबौद्ध गुम्बा र विभिन्न मठमन्दिर पनि पर्यटकका रोजाइमा पर्छन् । अझै वृद्धवृद्धा राखिने देवघाटका वृद्धाश्रमहरू इतिहास अध्ययन गर्ने थलो बनिरहेका छन् । देवघाटको विकासका लागि निर्माण हुने भनिएको त्रिकोणात्मक पुलको पनि निर्माण प्रव्रिmया सुरु हुन सकेको छैन । 

देवघाट क्षेत्रको विकासका २१ वर्षे गुरुयोजना बनेको छ । यो बनेको १५ वर्षभन्दा बढी हुँदा पनि करिब २५ प्रतिशत मात्रै काम भएको छ । यो ऐतिहासिक, धार्मिक सांस्कृतिक र पर्यटकीय क्षेत्रका लागि सरकारले बजेट पर्याप्त उपलब्ध नगराउँदा समस्या भएको हो । काठमाडाँैको पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मालवम्बीहरूको आस्थाको केन्द्र हो । विशेषतः त्यहाँ भारतीय पर्यटकहरू बढी आउँछन् । पशुपतिनाथ मन्दिर आएका धार्मिक पर्यटकलाई देवघाटसम्म तान्न पनि जरुरी छ । अझै जनकपुर र मुक्तिनाथ जाने भक्तजनलाई देवघाटको महìव बुझाउन सकियो भने स्वदेशी मात्रै होइन विदेशी पर्यटकको सङ्ख्या पनि बढाउन सकिन्छ । 

इतिहास अध्ययन गर्ने थलो वृद्धाश्रम

देवघाटमा चितवन र तनहुँ दुवैतर्फ ठुलठुला वृद्धाश्रमहरू छन् । यहाँ रहेका मठमन्दिर तथा आश्रमहरूले पनि कुनै न कुनै रूपमा वृद्धवृद्धाहरूलाई कल्पबासका रूपमा आश्रय दिइरहेकै छन् । यसरी रहेका वृद्धाश्रम, वृद्धाश्रमका रूपमा मात्रै नभई इतिहास अध्ययन गर्ने थलोका रूपमा पनि विकास गर्न सकिन्छ भन्नेतर्फ कसैको ध्यान पुगेको पाइँदैन । बेसहारा वृद्धवृद्धाहरू यहाँ आफ्नो अन्तिम जीवन गुजार्न बसेका छन् । सरकारी स्वामित्वमा होस् वा विभिन्न आश्रममा रहेका वृद्धवृद्धाको व्यवस्थापन, चन्दा उठाएकै भरमा चल्दै आएको छ । यो कहिलेसम्म चल्ने ? यहाँ रहेका वृद्धवृद्धाहरूको आफ्नै कथा कहानी छन्, जुन इतिहासको सम्पत्ति हुन आउँछ ।

देवघाट क्षेत्र विकास समिति सरकारको स्वामित्वमा रहेको संस्था हो । यसैको व्यवस्थापनमा २०५२ सालदेखि धार्मिक स्थल देवघाट क्षेत्रमा ‘देवघाट वृद्धाश्रम’ सञ्चालनमा छ । यसबाहेक रोटरी क्लबले सञ्चालन गरेको रोटरी करुणालय र गैरआवासीय नेपाली सङ्घले निमाण गरी गलेश्वर आश्रमलाई व्यवस्थापनका लागि हस्तान्तरण गरेको एनआरएन वृद्धाश्रम यहाँका ठुला वृद्धाश्रममा पर्छन् । जुन एउटा मात्रै वृद्धाश्रम चलाउन वार्षिक ३८ देखि ४० लाख रुपियाँ खर्च लाग्छ । यसरी सञ्चालनमा रहेका वृद्धाश्रमहरूलाई इतिहास अध्ययन गर्न चाहनेहरूका लागि खुला गरिनु पर्छ । 

भिक्षा मागेर समाज सेवा 

‘खान नपाएर जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै रहेँ’ भन्ने उखान हाम्रो समाजमा प्रख्यात छ । घर व्यवहार र परिवारबाट विरक्तिएपछि मानिस सन्न्यास ग्रहण (जोगी) गर्छन् भन्ने मान्यताबाट यो उखान बनेको हो तर धार्मिक क्षेत्र देवघाटमा योगी सन्न्यासीका हकमा यो उखान गलत साबित हुन्छ । यहाँका जोगी सन्न्यासीहरू आफूले मात्रै खादैनन् देवघाट आउने जोकोही हजारौँ मानिसलाई दैनिक निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन् । यसमा सन्न्यासीहरूले सञ्चालन गरेका आश्रमहरूको भूमिका छ । 

गलेश्वर आश्रमले सदाव्रत अन्नभण्डार सञ्चालन गरेको छ । हरिहर आश्रम र महेश सन्न्यास आश्रममा पनि आउने जोकोही भक्तजन भोको पेट लिएर फर्कनु पर्दैन । अझै यहाँ रहेका विद्यार्थी बटुकहरूले पनि यहीँ स्रोतमार्फत निःशुल्क आवाससहितको भोजन र शिक्षा लिइरहेका छन् । 

धार्मिक क्षेत्र देवघाटमा दान, चन्दा सङ्कलनबाटै संस्कृत गुरुकुलहरू सञ्चालनमा छन् । अहिले देवघाटमा गुरुकुल शिक्षामार्फत आचार्यसम्मको अध्ययन गर्ने व्यवस्था छ । यसलाई नेपाल संस्कृत विश्वविद्यालयले मान्यता दिएको छ । यहाँ रहेका आश्रमहरूले जोगी सन्न्यासीहरूको भिक्षा, दानदातव्य रकमबाट भोजन मात्रै होइन शिक्षा, स्वास्थ्य र आवासको व्यवस्थासमेत निःशुल्क गराउँदै आएका छन् । यहाँ रहेका गलेश्वर, महेश सन्न्यास र हरिहर सन्न्यास विद्यापीठ सञ्चालन गर्ने ठुला आश्रमहरू हुन् । देवघाटमा अन्य धेरै साना मठमन्दिरले पनि विद्यापीठ सञ्चालन गरिरहेका छन् । जुन दान धर्मबाट हुने आम्दानीका भरमा चलेका छन् । 

गरुकुल शिक्षा पद्धतिबाटै कलेज तहको निःशुल्क शिक्षा उपलब्ध गराउँदै आउनुभएका गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी विद्यापीठ चलाउन आवश्यक रकम नेपालभित्र र बाहिर विभिन्न देशमा पुगेर आफूले प्रवचन गर्ने गरेको सुनाउनुहुन्छ । आर्थिक सङ्कलन गर्न नै उहाँ कहिले अमेरिका त कहिले अस्टे«लिया त कहिले युरोपका देशहरू पुग्नुहुन्छ । त्यहाँ प्रवचनबाट मागेको भिक्षा यहाँ विद्यापीठ सञ्चालनको मुख्य स्रोत हुने गर्छ । “विशेषतः नेपालमै बसेका नेपालीले बढी सहयोग गर्छन् । कहिलेकाहीँ विदेश जाँदा पनि म त्यहाँ प्रवचन गरेर केही दान रकम जम्मा गरी नेपाल ल्याउने गरेको छु,” उहाँले भन्नुभयो । आश्रम चलाउन रकमको स्रोत जुटाउने देवघाटमा रहेका अन्य आश्रमका पीठाधीशहरूको पनि शैली उही हो । महेश सन्न्यास आश्रमका पूर्वप्राध्यापक एवं देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष 

डा. सुवेदी देवघाटका सन्न्यासीहरूले सरकारले गर्न नसकेको काम गरिरहेको तर्क गर्नुहुन्छ । “घर व्यवहार र परिवार छाडेर सन्न्यास ग्रहण गरेका योगीहरू विरक्त भएर हिँड्छन् भन्ने जुन मान्यता छ देवघाटमा यसको ठिक विपरीत कार्य देखिन्छ,” सुवेदीले भन्नुभयो, “यहाँका सन्न्यासीहरू देवघाटको संरक्षण र विकास कसरी गर्न सकिन्छ भनेर दत्त चित्तले लागेका छन् ।”

उहाँका अनुसार देवघाट धामको पहिचान गलेश्वर बाबा (ईश्वरानन्द ब्रह्मचारी) ले गराउनुभएको हो । विसं १९९२ मा गलेश्वर आश्रम स्थापना गरेर देवघाटको संरक्षण र प्रवर्धनमा लाग्नुभएका गलेश्वर बाबापछि आएका योगी सन्न्यासीहरूले यसको विकासमा लागे । देवघाटमा विद्यालय, खानेपानी सडक जस्ता विकासका पूर्वाधारहरू पनि यिनै योगी सन्न्यासीहरूको पहलमा भएको देखिन्छ । तनहँुको देवघाटतर्फ विशेष तीन आश्रमको बढी योगदान भए जस्तै चितवनतर्फ शिक्षा र पूर्वाधार विकासमा स्वामी डिल्लीराम बाबा  (दण्डी स्वामी) को पहल बढी छ । गलेश्वर आश्रमले भने विकासको फड्को मार्न लागेको वर्तमान पीठाधीश आत्मनन्द गिरीको पालादेखि हो । “२०५३ चैत २९ गतेबाट गलेश्वर आश्रममा स्वामी आत्मानन्द गिरीजी महाराज पीठाधीश भएर आएपछि यहाँ विद्यापीठदेखि धर्माथा औषधालय र वृद्धाश्रमदेखि धर्मशालासम्मको निर्माण भएको हो,” आश्रमका सचिव महेन्द्र प्याकुरेलले भन्नुभयो ।

महेश सन्न्यास आश्रमले सञ्चालन गरेको गुरुकुल 

स्व. स्वामी रामानन्द गिरी र हरिहर सन्न्यास आश्रमको विद्यापीठ 

स्व. स्वामी परमानन्द सरस्वतीले स्थापना गर्नुभएको हो । अहिले हरिहर आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरी हुनुहुन्छ । सरकारले नै गर्न नसकेको विकासका काम गर्नका लागि बजेटको व्यवस्था भने योगी सन्न्यासीहरूले प्रवचनबाट उठाएका दान दाम्पत्य र भिक्षा नै हो । 

पहिरोको जोखिम

देवघाट यति बेला सबैभन्दा बढी पहिरोकै कारण सङ्कटमा छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पमा चर्किएको देवघाटको त्रिशूली नदीमाथि देवघाट तर्फको भाग पहिलो पटक सोही वर्षको जेठमा झरेको थियो । गलेश्वर आश्रमले चर्चेको सो जग्गामा रहेका १३ वटा घर र झन्डै नौ रोपनी जग्गा त्यो बेला पहिरोले लगेको थियो । अहिले हरेक वर्ष पहिरो झरिरहन्छ । अहिले त पहिरोले गलेश्वर आश्रम सबै बगाउने अवस्थामा पुगेको छ तर पनि यसको ठोस नियन्त्रणको प्रयास हुन सकेको छैन । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । उहाँले आफ्नो पिताको अस्तु देवघाटमा विर्सजन गर्न आउनु हुँदा पहिरो देखेर नियन्त्रणका लागि तत्कालीन पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयलाई डिपिआर बनाउन लगाउनुभयो । झन्डै ३२ करोड रुपियाँ लागत लाग्ने डिपिआर पनि बन्यो तर लगत्तै सरकार फेरबदल भएपछि त्यो रोकियो । यस्तै नेकपा  (एमाले) का केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. कृष्ण ओलीले पहिरो चरणबद्ध रूपमा नियन्त्रण गराउन भनी आयोगको कार्ययोजनामा पाँच करोड रुपियाँसहितको बजेट तर्जुमा गराएर अर्थ मन्त्रालयमा सिफारिस गर्नुभयो तर तत्कालीन अर्थ मन्त्री डा. युवराज खतिवडाले त्यो बजेट कटौती गर्दा देवघाटले अहिले पनि समस्या भोगिरहनु परेको छ । 

वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो राखेर गत असोज २० गते पहिरोग्रस्त देवघाटको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने विश्वास पनि दिलाउनुभयो । तर अहिलेसम्म ठोस बजेट आएको छैन । झारा टार्ने साना खुद्रे बजेटले पहिरो नियन्त्रण हुन सक्ने अवस्था पनि छैन । डिपिआर अनुसार देवघाटको पहिरो नियन्त्रणका लागि झोलुङ्गे पुलदेखि बेनीसम्म कङ्व्रिmटको पर्खाल लगाउन आवश्यक छ । 

संस्थागत विकास जरुरी 

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको देवघाटको संस्थागत विकासमा लाग्न जरुरी छ । नाम मात्रैको क्षेत्र विकास समिति होइन देवघाटको विकास गर्ने योजना निर्माण र त्यसको कार्यान्वयन गर्ने ल्याकत राख्ने समिति जरुरी छ । सबैभन्दा पहिला देवघाटकै अस्तित्व रहने वा नरहने भन्ने बनेको पहिरो नियन्त्रण गर्न जरुरी छ । योसँगै देवघाटमा निर्माण गर्ने योजना अगाडि सारेर अलपत्र परेका त्रिकोणात्मक सस्पेन्सन बृज निर्माण कार्य तत्काल अगाडि बढाउन आवश्यक छ । जसले देवघाटको थप आकर्षण बन्ने विश्वास गरिन्छ । पुल पर्यटन प्रवर्धनको आवश्यक पूर्वाधार पनि हुन सक्छ । नेपालमा पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिरमा जस्तै देवघाटको पनि धार्मिक पर्यटन विकासका लागि धार्मिक क्षेत्रको साथै पुल नयाँ गन्तव्य बनाउन जरुरी छ । 

देवघाटको बेनीमा सरर नारायणीमाथि जलयात्रा गरेको दृश्य पुलबाट हेर्न पाउँदा कस्तो आनन्द आउँछ होला । यही सोचेर हो अब देवघाटको धार्मिक महìव बचाउँदै पर्यटन प्रवर्धनका योजना अगाडि सार्न सक्ने हो भने साँच्चिकै  चितवनको पर्यटनमा थप टेवा पुग्ने छ । अहिले चितवनमा आउने पर्यटकको बसाइ २/४ दिन रहेको विभिन्न अध्ययनले देखाएको छ । देवघाटको पर्यटन प्रवर्धनलाई विकास गर्न सके थप पर्यटकीय क्षेत्रको विकास हुने र यसले पर्यटकको बसाइ लम्बिन सक्ने तर्क पनि विज्ञहरूको छ ।