• २१ वैशाख २०८१, शुक्रबार

भिनाजुको कुटाइबाट सालाको मृत्यु

blog

अर्जुन काफ्ले
 स्याङ्जा, असोज २२ गते ।
भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आउनुभएको थियो । गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउकाेलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते हनुभएको थियो ।

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताउनुभयो ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताउनुभयो ।

घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।