• ११ जेठ २०८१, शुक्रबार

डलरको मूल्य अहिलेसम्मकै उच्च

blog

काठमाडौँ, असोज ३ गते । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपियाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यस्तै अमेरिकी डलरको खरिद मूल्य पनि १३२ रुपियाँ ९४ पैसा रहेको छ ।

सोमबार डलरको मूल्य १३३ रुपियाँ ४० पैसा थियो । मङ्गलबार १४ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपियाँसमेत कमजोर भएको छ । भारुसँग नेपाली रुपियाँको स्थिर विनिमय दर रहेको छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपियाँसमेत कमजोर भएको हो । यसअघि डलरको मूल्य अधिकतम १३३ रुपियाँ ४४ पैसासम्म मात्रै पुगेको थियो । मङ्गलबार सो रेकर्डलाई तोडेको हो ।

डलरको मूल्य बढ्दै जाँदा आयात भने झनै महँगो हुने भएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकाले डलर महँगो हुँदा बढी रकम तिर्नु पर्छ । 

यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ । डलरको मूल्य महँगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ तर आयातको हिस्सा धेरै भएकाले डलर महँगिँदा फाइदाभन्दा बेफाइदा बढी हुने गर्दछ ।