काठमाडौँ, भदौ १५ गते । वर्तमान राजनीतिलाई केन्द्रमा राखेर बिहीबारदेखि व्यावसायिक प्रदर्शन सुरु भएको “ऐँचाे पैँचो” ले दर्शकको मन जित्न थालेको छ । आफू स्थापित हुन राजनीतिकर्मीले के के गर्छन् भन्ने देखाइएको फिल्मले राजनीतिज्ञ र राजनीतिकर्मी सही ढङ्गले नचले जनताले विकल्प खोज्छन् भन्ने पनि देखाइएको छ ।
“ऐँचाे पैँचो” ले राजनीतिका विकृति र विसङ्गतिमाथि मात्रै प्रहार गरेको छैन नेपाली युवालाई विदेशमा होइन स्वदेशमै बसेर केही गरौँ भन्ने सन्देश दिएको छ ।
बुधवार साँझ देखाइएको प्रिमियम सो मा राजनीतिज्ञहरूले समेत चाख मानेर फिल्म हेर्नुभएको थियो । प्रिमियम हेर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपसभामुख इन्दिरा रानामगर, पूर्वमन्त्रीहरु रघुजी पन्त, कर्णबहादुर थापा, महेश बस्नेत, प्रेम आलेमगर , प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल, ज्ञानेन्द्र शाहीलगायतको उपस्थिति थियो ।
बिहीबार फिल्म हेर्नुभएका प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले “ऐँचाे पैँचो” ले राम्रो विषयवस्तु उठाएको बताउनुभयो । सह निर्माता विशाल चौलागाईंले नेपालका प्रायः सबै ठाउँमा बिहीबार दर्शकको उत्सजनक उपस्थितिमा फिल्म चलेको बताउनुभयो ।
बिहीबारको दर्शकको भीड देखेपछि देशभर नै धेरै हल सञ्चालकले “ऐँचाे पैँचो” सो बढाएको उहाँको दाबी छ । यस्तै केहीले बिहीबारकै फिल्मको सो सङ्ख्यालाई यथावत् राखेका छन् ।
आजको अवस्थाले फिल्म धेरै दिन हलमा चल्ने विश्वास सह निर्माता चौलागाईंको छ । सो सिनेमाको श्रीमती कृषा चौलागाईंले निर्देशक गरेकी हुन ।
कृषा १६ वर्षको उमेरदेखि चलचित्र निर्माणमा संलग्न हुनुहुन्छ । उहाँले पहिलो चलचित्र इन्साफ निर्माण गरेकी गर्नुभएको थियो । उहाँले के म तिम्रो साथी बन्न सक्छु, कसम हजुरको, पलाससम्म निर्माता भएर काम गर्नु भएको छ ।
त्यसपछि उनले एैना फिल्मको उहाँले निर्देशन गर्नुभयो । एैनाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाएर उहाँले आफ्नो निर्देशक शैली स्थापित गर्न सफल हुनुभयो । उहाँ देशकै कान्छी निर्मात्री हुनुहुन्छ । लघु वृत्तचित्र निर्माणमा पनि उहाँ सफल मानिनुहुन्छ ।
फिल्म केपी फिल्म प्रालिको ब्यानरमा बनेको फिल्ममा कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, सुशील सिटौला, बुद्धि तामाङ, काली बुढीलगायतको अभिनय छ ।