शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ पटक रक्तदान गर्नुभएको छ। राप्रपासँग आबद्व राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रम उहाँले रक्तदान गर्नुभएको हो। अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा रक्तदान जस्तो पवित्र कार्यबाट सुरुवात भएकोमा प्रसन्नता पनि व्यक्ति गर्नुभयो।
राप्रपा अध्यक्ष लिङ्देनसहित महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५९ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिनुभयो।