• ८ मंसिर २०८१, शनिबार

लिगमा थ्रीस्टारको चौथो जित

blog

लिगमा प्रतिस्पर्धा गर्दै थ्रीस्टार र पुलिसका खेलाडी । तस्बिर : एन्फा

 काठमाडौं, चैत ३० गते । थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो ।

थ्रीस्टारको जितमा अजयी मार्टिन्सले गोल गर्नुभयो । मार्टिन्सले ६५औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अङ्क बनाएको छ । लिगमा छैटौँ हार खेपेको पुलिसको चार अङ्क छ । पुलिस तालिकाको १३औँ स्थानमा छ ।