• १२ असोज २०८१, शनिबार

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश

blog

ब्याटिङ गर्दै सुदूरपश्चिममा खेलाडी । तस्बिर : क्यान

काठमाडौं, मंसिर १६ गते । सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिमेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई सात विकेटले हरायो ।

सुदूरपश्चिमले अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाएको हो । मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । बागमतीले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य सुदूरपश्चिमल १९.१ ओभरमा पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितमा कप्तान अनुराग सिंहलेअविजित ३९ रन बनाउनुभयो । मिलन बोहोराले ३३, गजेन्द्र बोहोराले अविजित १९, दिपक बोहोराले १७ र दीपक बोहोराले १० रन बनाउनुभयो । बलिङमा बागमतीका रोसन विकले दुई तथा प्रतिक श्रेष्ठले एक विकेट लिनुभयो ।

यसअघि ब्याटिङ गरेको बागमती २८.४ ओभरमा सर्ब विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागमतीका लागि प्रतिक श्रेष्ठले ४४ रन बनाउनुभयो । रोशन विकले अविजित ३६ र सक्षम बस्ताकोटीले ३३ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिममा आकाश चन्दे चार विकेट लिनुभयो । हेमन्त धामीले तीन तथा नरेन साउदले दुई र युवराज खत्रीले एक विकेट लिनुभयो । जितसँगै ६ खेलबाट १२ अंक बनाएको सुदूरपश्चिम शीर्षस्थानमा रह्यो । बागमती आठ अंकसहित तेस्रो स्थानमा छ ।

बागमतीलाई फाइनल पुग्न शनिबार हुने खेलमा लुम्बिनीले हार खेप्नुपर्नेछ । प्रतियोगितामा सात प्रदशेको सहभागिता रहेको छ । लिग चरणपछि शीर्षस्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।