• १३ असोज २०८१, आइतबार

स्याङ्जा २ मा मतगणना सुरु, पद्मा अर्यालको अग्रता

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १५ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना गए रातीबाट सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले अग्रता लिनु भएको छ । अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाउनु भएको छ । अर्याल ६०१ मतले अगाडि हुनु हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाउनु भएको छ ।

यस्तै स्याङ्जा २ (क) मा पनि नेकपा (एमाले)का मोहन रेग्मी अगाडि हुनुहुन्छ । रेग्मीले २४०९ मत पाउनु भएको छ भने कांग्रेसका भोजराज अर्यालले १८३० मत पाउनु भएको छ । प्रदेशमा एमालेका रेग्मी ५७९ मतले अगाडि हुनुहुन्छ । 

अहिले सम्म गल्याङ नगरपालिका ६ र ७  तथा भिरकोट ५ गणना गरिएको छ । 

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या कुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । 

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो ।