• ९ मंसिर २०८१, आइतबार

झापा क्षेत्र ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं ५ मा जित सुनिश्चित भएको छ । दोब्बर मतभन्दा बढीको फराकिलो मतान्तरले उहाँको जित सुनिश्चित भएसँगै एमालेको विजयी र्‍यालीको तयारी  गरिएको छ । 

बुधबार साँझ ५ बजे सार्वजनिक गरिएको मत विवरणअनुसार ओलीले ४८ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका  खगेन्द्रपाण्डव अधिकारीले २२ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । अब करिब १० हजार मत गणना गर्न बाँकी छ । ओली र अधिकारीबीच २६ हजार ३१८ को मतान्तर रहेकाले अध्यक्ष ओली निर्वाचित हुने सुनिश्चित भएको हो ।