• १३ साउन २०८१, आइतबार

कर्णालीमा खसेर चावली वेपत्ता

blog

शिवराज ढुङ्गाना 

अछाम, भदौ १५ गते । बाख्रा चराउन गएकी एक महिला माथिबाट आएको ढुङ्गा लागेर कर्णाली नदीमा बेपत्ता हुनुभएको छ । तुर्माखाँद गाउँपालिका –३ भैरवस्थान निवासी ४० वर्षीया चावली बुढा माथिबाट खसेको ढुङ्गा लागेर नदीमा बेपत्ता हुनुभएको वडा अध्यक्ष काशीराम बुढाले जानकारी दिनुभयो । 

लोडे भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर तलतिर रहेको कर्णाली नदीमा खसेर बेपत्ता हुनुभएको उहाँले जानकारी दिनुभयो । बेपत्ता चावलीलाई खोज्न प्रहरी र स्थानीय परिचालित रहेको भए पनि अवस्था अहिलेसम्म अज्ञात रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष बुढाका अनुसार नदीको पानी धमिलो र बहाव ठूलो भएकाले खोजी कार्यमा समस्या भएको छ । बेपत्ता हुनुभएकी चावलीको साथमै रहेकी जेठाजुकी छोरीलाई भने सकुशल उद्धार गरिएको छ । बेपत्ता हुनुभएकी चावलीका तीन छोरी र दुई छोरा छन् ।